Thursday, November 10, 2011

भन्न नपाएको धन्यवाद...!


कसैले केहि कुरा भन्ने बित्तिकै मुसुक्क हाँसेर धन्यवाद भन्नु म आफुलाई नै यो मेरो विशेषता हो कि जस्तो लाग्ने गर्दछ । चाहे कसैले सल्लाह दियोस् या त कुनै गल्ति नै औल्याईदियोस् म उसलाई धन्यवाद भन्न सकेसम्म पछि पर्ने गर्दिन (चाहे भित्रै देखि खुसी भएर होस् या त देखावटी नै सहि) । यति हुँदाहुदै पनि साच्चैै भित्रि मनदेखि नै धन्यवाद दिन मन लागेको व्यक्तिलाई धन्यवाद भन्न नपाउँदाको पीडा भोग्ने व्यक्तिहरु सायदै होलान् तर म भने बिगत केहि दिनदेखि यो पीडा भोग्दै आएकी छु...बिर्सन्छु भन्छु तर कता कता मनमा एउटा नमिठो स्वाद बनेर बसेको छ जुन बेला बेलामा  सम्झनाको डकार बनेर आईदिन्छ अनि वातावरण नै नमिठो बनाईदिन्छ 

झाडापखला जस्तो सामान्य रोगको प्रकोपबाट भईरहेको सयौको अकालको मृत्यु संगै त्यसको विरुद्धमा केहि गर्न भनि जोशजागरका साथ युवाहरु एकजुट भएका त्यो छोटो समयमा भएको भेटघाट र चिनापरिचयबाट अगाडी बडेको मित्रता । एउटा राम्रो उदेश्य र सामाजिक दायित्वको बिउ बोकेर छहारी दिने रुखको कल्पनामा बेलुकी ५ बजे पछि घण्टाघर पछाडीको चिया पसलमा बसेर ७ रुपैयाको चिया संगै गरिएका ७ करोडभन्दा पनि अमुल्य ती मेरा सिकाईहरु जसको धन्यवादका मुख्य पात्रहरु मध्येको एउटा पात्र.....नेतृत्व लिन र गरेको कामलाई लिखित रुपमा उर्तानको निम्ति दिईएको त्यो सुझाब तत्काल सुन्दा चित्त दुखेता पनि त्यसले मलाई आफ्नो व्यत्तित्व बिकासमा धेरै सहयोग गरेको छ । अमेरिका पुग्ने बित्तिकैको त्यो ईमेल जसमा मलाई “अलिक बोल्नु पर्यो” भनेर दिईएको सुझाब, हातमा गन्न सकिने गरी मात्र भएपनि हुने गरेका फेसबुकका च्याटहरु जसमा कहिले राजनितिक कराुहरु, कहिले उपयोग्ी त कहिले हावा कुराहरुमा हुने ती छलफल । फेसबुकको वालमा लेखिएका स्टाटस देखि ब्लगमा लेखिने कुराहरुको बारेमा टिकाटिप्पणी जुन सुन्दा रुखो लागेपनि वास्तबमानै उपयोगी थिए मेरा लागी । यी सबै कुराहरुको लागी पत्यक्ष रुपमा भेटेर नै भित्रै देखि खुसि व्यक्त गदै “धेरै धेरै धन्यवाद !”  भन्छु भन्ने सोचाईका साथ गरिएको प्रतिक्षा....।

यहि नोभेम्वर १ तारिकको मध्यान्न तिर सुन्नमा आएको एउटा अनौठो खबर जसलाई सुन्ने बित्तिकै आफुलाई अन्धकारमा रुमारलएको जस्तो अनुभव नगर्ने विरलै थिए होलान् । यो खबरले मेरो मनमा साचिएको त्यो श्रद्धापुर्ण धन्यवादलाई श्रद्धान्जलिमा परिवर्तन गर्नुपर्दाको क्षण...........। मेरो यो तितो भोगाई पश्चात म सबैलाई आग्रह गर्न चाहान्छु कि ‘धन्यवाद’ शब्द देख्दा मात्र एउटा शब्द हो तर यसमा अपार शक्ति छ भन्ने कुरा कहिल्यै नभुल्नु र राम्रो कुरालाई भन्न अनि गर्न कहिल्यै भोलि नभन्नु ।

अन्त्यमा, व्यक्तिसंग जोडिएको एउटा समुह जसमा अन्य धेरै सदस्यहरु (थिए र छन)् सम्पुर्णलाई जसले आजको मेरो यो पहिचान बनाउनमा भुमिका खेल्नुभएकोछ उहाँहरुलाई म भित्रैदेखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु र त्यो व्यक्ति जसलाई मैले साचेर राखेको यो धन्यवादको शब्दलाई यहि कम्युटरका किहरु र माइक्रोसफ्ट वर्डको सहायताले तिमि सामु व्यक्त गर्छु साथै आत्माको चिर शान्तिको लागी सदैव कामना गर्छु । हामी संग नभएपनि सधै हाम्रो माझमा रहनेछौ ।


Wednesday, November 9, 2011

हाम्रो स्वास्थ्य हाम्रै हातमा !

विश्व अहिले २१ औ शताब्दिमा दौडिरहेको कुरा हामी सबैलाई अबगतै छ र यसले मानिसको जीवनमा ठुलो परिर्वतन ल्याएको कुरा नकार्न सकिन्न । यसरी मान्छेहरु चन्द«मा मा पुगिसकेको युगमा आएर हात धुनु पर्छ भनेर सिकाउनको लागी हात धुने दिवस मनाउनु भनेको धेरैलाई व्यर्थ जस्तो लाग्न सक्छ । “आफ्नो हात धुन पनि अरुले सिकाउनु पर्छ” भनेर भन्नेहरु हाम्रो नेपाली समाजमा धेरै भेटिन्छन् र यसो भन्नु ठिकै पनि हो किनकि हाम्रो कुनै पनि धर्म शास्त्र यस्तो नहोला जहाँ हरेक कर्म गर्नु अघि हात धुने कुरा र व्यक्तिगत सरसफाईका कुरा उल्लेख नगरिएको होस् तर त्यसमा हात धुनुको महत्वलाई चोखो हुने र हात धुने हैन कि मात्र हात भिजाउने  संग जोडियो 

वास्तबिकता हेर्ने हो भने हात धुनु पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ र व्यवहारमा लागु गरेका पनि छौ तर हामी प्रायले हात धुने हैन भिजाउने काम गरिरहेका छौ । हात पानीेले मात्र धुनु अर्थात हात भिजाएर मात्र केहि फाईदा छैन तर यदि हामीले राम्रो संग साबन पानीले मिचिमिचि हात मात्र धुने हो भनेपनि ४५ प्रतिशत झाडापखला जन्य रोगबाट बच्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ । यति मात्र हैन साबुन पानीले राम्रो संग हात धोएमा श्वासप्रश्वास लगाएतका बिभिन्न रोगबाट समेत बच्न सकिन्छ । यो अत्यन्त प्रभावकारी, सजिलो तथा धोरै लागतमा स्वस्थ हुन सकिने एउटा राम्रो उपया हो । बालबालिका, युवायुवति, वयश्क तथा बुढाबुढी सबैले साबुन पानीले नै अनिवार्य रुपमा हात धुने सम्बन्धमा सबैको व्यबहारमा सकारात्मक परिवर्तन ल्याउनु आजको टड्कारो आवश्यकता रहेको छ । विभिन्न तथ्याङ्कलाई हेर्दा साबुन पानीले हात धुने कुरा बाल तथा शिशु मृत्युदर, नवजात शिशु मृत्युदर, झाडापखलाको बिरामी मृत्युदर तथा श्वाशप्रश्वास सम्बन्धि बिरामी मृत्युदर घटाउनका लागी एउटा अत्यन्त प्रभावकारी उपया रहेको पाईन्छ ।


खाना खानु भन्दा अघि, चर्पि गएर आएपछि, खाना बनाउनु भन्दा अघि, बच्चालाई खुवाउनु भन्दा अघि, फोहोर कुरा छोएपछि, बच्चाको दिसा सफा गरेपछि साबुन पानीले मिचिमिचि कम्तिमा पनि २० सेकेण्ड सम्म हात धुनैपर्ने हुन्छ । हात भन्ने कुरा एकदिन मात्र धोएर स्वस्थ भईने हैन त्यसैले “मात्र हैन एकदिन, हात धोऔ दिनैदिन” भन्ने नारालाई मनन् गर्दै प्रत्येक दिन साबुन पानीले हात धुने गरेमा हामीले स्वस्थ जीवन जीउन सक्छौ । 
यीनै कुरालाईलाई सम्पूर्ण जनता सामु पुर्याई व्यबहार परिवर्तन गर्ने र बिभिन्न किसिमका सरसफाईको कमिले गर्दा लाग्ने रोगहरुबाट हुने मृत्युदरलाई कम गर्नको लागी विभिन्न किसिमका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संग संस्था, नेपाल सरकार लगाएतले विभिन्न किसिमका कार्यक्रमहरु गरेर २०६८ सालको धुने दिबसलाई भब्यताका साथ मनाएका छन् जुन एमदमै राम्रो कुरा हो र यसलाई हामी सबैले आफ्नो व्यवहारमा लागु गर्नु पर्छ र मात्र अक्टुवर १५ लाई मात्र नभई हरेक दिनलाई नै हात धुने  दिबसको रुपमा लिनु आवश्यक छ किनकी हाम्रो  स्वास्थ्य भनेको हाम्रै हातमा हुन्छ र सफा हातले जीवन बचाउँछ ।
(published on 17th October 2011 Daraudi Dainiki )

“महामारी मुक्त नेपाल” का लागी युवाहरुको ऐक्यवद्धता !


प्राय युवाहरुको भिडभाड र लामो ताँती देख्ने वित्तिकै हामी सोच्ने गर्छौ कि कुनै आन्दोलन, चक्काजाम, विरोध  र्याली इत्यादी होला तर यदि यहि २०६८।०४।२७ गतेका दिन टेकुको स्वास्थ्य सेवा विभाग अगाडी तपाईले युवाहरुको ताँती देख्नुभएको थियो र त्यसलाई कुनै आन्दोलन होला भनेर वास्था नगरी हिड्नुभएको थियो भने तपाईले युवाहरुको एउटा राम्रो सुरुवातलाई नियाल्ने मौका गुमाउनु भएको छ । त्यस दिनको युवाहरुको कदमले नेपालका युवाहरु पनि आफ्नो देश र मातृभुमिको निम्ति लागीपरिरहेको कुरा स्पष्ट हुन्छ  

खानेपानी र सरसफाईको नाजुक स्थितले गर्दा हाम्रो देशमा आजसम्म पनि वर्षेनि १०,५०० बालबालिकाहरुले अकालमा ज्यान गुमाईरहेका छन् भने विभिन्न किसिमका पानी र सरसफाई जन्य रोगहरुको महामारीले पनि सयौँ मानिसहरुले ज्यान गुमाई रहेका छन्, जुन कुरालाई २०६६ सालको सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा फैलिएको झाडापखला महामारीले पनि पुष्टि गर्दछ । यिनै कुराहरुमा केन्दि«त रहेर “नेपालमा फेरी अर्को महामारी नदोहोरीयोस्” भन्ने मुख्य नाराका साथ “महामारी मुक्त नेपाल” का लागी विभिन्न क्षेत्रसंग सम्बन्धित ३०० भन्दा बढी युवाहरुको जमातले नेपाल सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा जम्मा भई सरकारले अहिले सम्म खानेपानी, सरसफाई र महामारीको क्षेत्रमा गर्दैआएको काम एकदमै राम्रो रहेको र यसलाई अझ राम्रो र प्रभाबकारी बनाउन आफुहरु सधै तत्पर रहेको भन्दै ऐक्यवद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा सम्पुर्ण युवाहरुको तर्फवाट ऐक्यवद्धता पत्र सहित हस्ताक्षर गरिएको कपडा “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्याय लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको समापन पुर्व कार्यक्रमा उपस्थित अतिथिहरु अनिल चित्रकार (सामाजिक उद्यमी), आशुतोष तिवारी (राष्ट्रिय संयोजक वाटर एड नेपाल), राजेश अधिकारी (प्रोमोसनल मेनेजर, एन्फो), रमन नेपाली (सामाजिक कार्यमा क्रियाशिल युवा) आदीले आफ्नो मन्तव्य राख्नु भएको थियो । “युवाहरु राष्ट्रका कर्णधार हुन्, हजारौ युवाहरु विदेशिदै गरेको समयमा यसरी युवाहरु “महामारी मुक्त नेपाल” को लागी एकजुट हुनु राम्रो सुरुवात हो र यसललाई निरन्तरता दिनु पर्छ” भन्दै सामाजिक उद्यमी अनिल चित्रकारले युवाहरुलाई हौसला दिनुभएको थियो ।
 अन्त्यमा “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्यायले ऐक्यवद्धता पत्र ग्रहण गर्दै “युवाहरुको यो सहयोगलाई आत्मासाथ गर्दै आउदा दिनहरुमा “महामारी मुक्त नेपाल” का लागी युवाहरुसंग संगै हातेमालो गर्ने र सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ” भन्दै कार्यक्रमको समापन गरिएको थियो । उक्त कार्यक्रमलाई “पश्चिम पाईला” नामक युवा संजालले सहजिकरण गरेको थियो ।
                                  

Friday, May 27, 2011

हामी नेपाली एउटा पाटो नभएको खोटो सिक्का !!!

“अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्, त्यसैले आफ्नो अधिकारका लागी लड्नेले आफ्नो कर्तव्य पनि बुझ्नु पर्छ र त्यसलाई पुरा गर्नु पर्छ ।” यो कुरा मैले सानो हुँदा चार कक्षाको सामाजिक किताबमा पढेको थिए । यो भनाईलई पुष्टि गर्न सरले विभिन्न किसिमका उदाहरण दिनुहुन्थ्यो जसले गर्दा मलाई लाग्थो साच्चै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् ।


तर आजकालको यो देशको स्थितिलाई नियाल्ने हो भने यहाँ आफ्नो अधिकार प्राप्तिको लागी हरेक व्यक्ति, समुह, दल आदी आफुलाई विभिन्न नाम दिएर सधै जसो बन्द, हडताल, तोडफोड, आगजनी ईत्यादी गर्नमा व्यस्त छन् र उनीहरु सबै आफ्नो देशप्रतिको दायित्व र कर्तव्यलाई बिर्सिरहेका छन् । यता देखि त्यता सम्म, जनता देखि नेतासम्म सबैजना आफ्नो कर्तव्यलाई बिर्सिएर मात्र आफ्नो अधिकारको निम्ति लागी परेका छन् । 

हाम्रो नेपालमा अहिले जनतालाई संविधान चाहिएको छ, त नेतालाई कुर्सी । जनता जसरी भएपनि नयाँ संविधान ल्याउन चाहान्छन्, त नेताहरु जसरी हुन्छ आफ्नो कुर्सी बचाउने र भत्ता खाने सुरमा लागी परेका छन् । यसमा हामी जनताले पनि कहिल्यै सोचेनौ कि देश र नेता प्रति हाम्रो दायित्व र कर्तव्य के हो ? जहिले नेताहरुलाई गाली मात्र गरिह्यौ र कहिल्यै सोचेनौ कि कसरी नेता र दलहरुलाई सहयोग गरेर देशमा शान्ति र बिकासको मुल फुटाउने ? नेता र दलहरुको त झन के कुरा गर्ने, उनीहरुले आफुलाई भोट दिएर जिताएका जनतालाइ त कुर्सीमा पुगेपछि बिर्सिए बिर्सिए, मातृ भुमि प्रतिको आफ्नो दायित्व र कर्तव्यलाई पनि वेवास्था गरेर त्यहि घुम्ने कुर्चिमाथि निदाईरहेका छन् । त्यसैले आजको यो स्थिति देख्दा मलाई त्यो सानो छदाँ पढेको कुराको सम्झना भयो र लाग्यो हामी सम्पुर्ण नेपालीहरु (जनता होस् या नेता) त एउटा पाटो नभएको खोटो सिक्का रहेछौ । हामी आफु त खोटो भयौ भयौ, यो सुन्दर, शान्त र रमणीय भनेर संसारमा नै ख्यातीप्रप्त देश नेपाललाई पनि खोटो सिक्का बनाईरहेका छौ जसको कुनै अस्तित्व र महत्व छैन ।



Thursday, May 19, 2011

“सुरक्षित खानेपानी र सरसफाई” मानव अधिकार!!!

“मानिस जन्मिए पछि मर्छ” यो ध्रुव सत्य कुरा हो र मानिसले जन्मिए पछि नमरुनजेलसम्म स्वस्थ भएर बाँच्न पाउनु पर्छ, यो उसको मानब अधिकार हो ।
हरेक मानिस आफ्नो जीवनकालमा बिभिन्न किसिमका (सर्ने र नसर्ने) रोगहरुबाट ग्रसित हुन्छ, एक अर्थमा भन्ने हो भने मानिस नै रोगहरुको घर हो, यदि मान्छे नहुदो हो त यी नानाथरीका रोगहरु पनि हुदैन थिए होला । यसरी यी रोगहरुलाई केलाउने हो भने संसारमा ७०–८० प्रतिशत रोगहरु अशुरक्षित पानी र सरसफाईको कमिले गर्दा लाग्ने गर्दछन् जसबाट आजसम्म पनि नेपाल लगायत विभिन्न मुलुकमा वर्षेनी लाखौ मानिसले आफ्नो न्यान गुमाई रहेका छन् त्यसमध्ये कयौ बालबालिका यस्ता छन् जसले आफ्नो पाँचौ जन्मदिन पनि मनाउन नपाई मृत्यु अगाल्न बाध्य छन् ।

 जब म यस्ता कुराहरु सुन्छु, हेर्छु र पढ्छु तब मलाई प्रश्न गर्न मन लाग्छ.... “के यहि हो त मान्छेको बाच्न पाउने अधिकार?” “जब मान्छे सुरक्षित खानेपानी र सरसफाईको पहँुचबाट टाढा छ भने उसको लागी स्वास्थ्य मानव अधिकार कसरी भयो?" आदी इत्यादी.....
हामीलाई थाहा छ, पानी बिनाको जीवन कल्पना गर्न पनि गाह्रो छ, त्यसैले स्वस्थ जीवन यापन गर्नको निीम्त अत्यावश्यक कुरा भनेको सुरक्षित पानी हो र पानी सुरक्षित हुन सरसफाईमा ध्यान दिनै पर्छ । यदि पानी सुरक्षित खानेपानी र सरसफाई मानिसको पहँुचमा छैन भने उसले कहिल्यै स्वस्थ भएर बाँच्न पाउने अधिकारको प्रयोग गर्न पाएको हुदैन । त्यसैले मलाई लाग्छ पानी सुरक्षित खानेपानी र सरसफाइ मानव अधिकार हो जुन कुरालाई तलको समिकरणलृ पनि प्रष्ट पार्दछ ।

                “Water and Sanitation Rights = Health Rights = Human Rights”

Complain is Good

15th May,2011
"Complain Less and Contribute more" I really like this quote and try to complain less but today I learn something different i.e. Complain is good when we convert in into request and we also get something good from complain, if we try to analyze :What is Complain?, Goal and commitment behind his/her complain?, Possibilities to overcome those complain, Option/opportunity etc then we are able to take positive action on the basis of others complain.So don't be so angry if someone complain and try to find something good from his/her complain.


Tuesday, May 17, 2011

Leaders…!!!

“Leadership is an action, not position” – Donald H. Mc. Gannon, Internalizing the quote from Mr. Donald, one can understand the definition of leadership. Few can feel and understand with their personal life sharing moments within the quote which is about creating things rather than take it granted.

One might has the concept in mind as the extraordinary person and qualities about leader and leadership, actually is not, which is tried to be justify through the writings here. This is based on conversation with some ordinary people with extraordinary qualities that was explored during the sharing conversation with them.

“I can do” is the primary core factor for progressive leadership that follows further one to make a changer maker in the society. “I am the person, the place is here and the time is now” is mostly the guiding tool for leaders so far as we found. Also, “being example is the most motivating factor in leadership that will not only make one different than others, but also encourage others”, Says one leader of my inquiry conversation. Generally, one get inspired and follows the way to be followed by the leaders blindly, rather than sit down, think twice, analyze the context and for the most seeing one’s self leadership quality and feel it, which is, in fact is a biggest constraints among young people. If one asked to be told about the qualities to be effective leaders, they will says some points very quick such as confident, helpful, passion, consistency to work, adequacy in knowledge, positive, friendly, etc. and always tried to seek in other people, rather than getting insight of inner self. What a delusion!!!
So, understanding the cores, being youth we, including other youths need to address some points:

  • Youths need to be pragmatic so that they can put in to action; 
  • Professional education (academic knowledge, same working field, key contribution) is the key;
  • Continuous efforts unless the goal is achieved is very necessary;
  • Let’s say simply no to drugs addiction and abuse; and
  • Spiritual awareness will help most to build the effective leadership.
Furthermore, behind every ordinary people, there is something extraordinary. So, let’s recognize it, internalize it and replicate it for good deeds. Indeed, what we expect the kind of leadership is our role to be like. What do you think!!!

Written by:
Joint effort of Mr. Phurba Sange Moktan and Ms. Kamala KC
(Based on the interview taken with some leaders)

Thursday, May 5, 2011

एनसेल भर्सेज सरसफाई (Ncell Vs Sanitation)

आज एउटा दैनिक पत्रिकामा छापिएको समाचारले मेरो ध्यान तानेको थियो । समाचारमा लेखिएको थियो “नेपाल टेलिकम (NTC) को भन्दा एनसेल (Ncell) को ग्राहक संख्या धेरै,हैनहोला जस्तो लागेर राम्रो संग पुरै समाचार पढेको त नभन्दै नेपाल टेलिकम (NTC) ले भन्दा एनसेल (Ncell) ले आफ्नो ग्राहक संख्या धेरै बनाएको रहेछ । तर मलाई चाही यो समाचार पढेपछि किन किन एनसेल (Ncell) लाई नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) संग दाज्न मन लाग्यो ।

 हामी सबैलाई थाहा छ,नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) ४३ प्रतिशत छ तर सबैलाई यो थाहा नभएको पनि हुन सक्छ कि यो भित्र हाम्रो देशका विभिन्न जिल्लामा कुनै सरकारी तथा गैरसरकारी संस्थाले बनाईदिएको चर्पि (जसलाई प्रयोग नगरी चोखै राखिएको छ,बाख्रा,सुंगुर आदीको खोर बनाइएको छ; दाउरा, घाँस, पराल आदीको गोदाम घर बनाईएको छ)समेत पर्न आउछ । त्यस्तै एनसेल (Ncell) को ग्राहाक संख्या पनि मलाई कता कता यहि नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) जस्तै हो की भन्ने लाग्यो किनकी म लगाएत मैले चिनेका धेरै साथिहरु संग पनि एनसेल (Ncell) को सिम छ तर त्यो सिम हप्तामा २ घण्टा पनि सायदै चल्दो हो ।

  हुन त यसो भनेर मैले एनसेल 
(Ncell) लाई नराम्रो खोजेकी हैन,यो त मेरो नित्तान्त व्यक्तिगत सोचाई र भोगाई मात्र हो त्यसैले यो मेरो सोचाई र भोगाई गलत भएमा माफी चाहान्छु ।

                                                            धन्यवाद 
!!!

Monday, May 2, 2011

आमा...!!! तिम्रो लागी...

दिन मन त थियो आमा, तिमिलाई धेरै कुराहरु, 
तर......

मैले आफुलाई रित्तो पाए, किनकि...
तिम्रो स्नेह, माया ममता र म प्रतिको विश्वासको अगाडी,
ति सबै कुराहरु अपुरो र अधुरो लाग्यो ।
त्यो त मात्र, मध्यदिनको चर्को सुर्यको अगाडी,
बस, एउटा सानो सलाईको काँटी कोरेजस्तो ।

अनि,....

धेरैबेरसम्म विचार गरे, मौन रहे र आँखा चिम्लिएर सोचे,
यो मेरो जिन्दगी नै सुम्पिए पनि,
तिम्रो दुधको भारा तिर्न सक्दिन रहेछु ।
त्यसैले........आमा...!!!
तिम्रो त्यो स्नेह, माया ममता,
न्यानो साथ र म प्रतिको विश्वासको लागी
तिम्री यो छोरीको तर्फबाट
न्याने माया अनि लाखौ लाख धन्यवाद !!!

Love You mom!!! HaPpy MoThErS dAy!!!

Saturday, April 30, 2011

“खानेपानी तथा सरसफाई मञ्चमा” पुर्ण सरसफाईका कुरा"


चैत्र १६, काठमाडौं
“सरसफाई कुनै अवस्था हैन जसलाई हामी प्राप्त गर्न सक्छौ, यो त एउटा प्रक्रिया हो जुन सजिलै छोटो समयमा पुरा हुदैन, यसलाई पुरा गर्न त हरेक व्यक्तिले आफ्नो दैनिकी नै सरसफाईमय बनाउनु पर्छ ।” यहि भनाईलाई नै मुख्य मन्त्र बनाएर राजधानीको............


(For More) 

Saturday, April 2, 2011

बाँचौ र बचाउँ !!!

अरुले खाओस् या नखाओस्, आफुले खाए पुग्ने । अरु बाचोस् या नबाचोस् आफु बाचे पुग्ने । घर, अफिस, कलेज, सार्वजनिक स्थल, संसद भवन, सबै किसिमका सरकारी या गैर सरकारी संस्था जतासुकै यहि मानसिकता बोकेका मानिसहरु भेटिन्छन् आजकाल । तर....
किन बुझ्दैनन् मान्छेहरुले कि भोको पेट संग भरि पेटको प्रतिस्पर्धा को कुनै अर्थ छैन ? सबै मरेर आफु मात्र बाच्नुको कुनै औचित्य छैन ?
तर........................................................................
आफु नखाई अरुलाई खुवाउन सकिन्न, अनि आफु नबाचि अरुलाई बचाउन सकिन्न । त्यसैले तेरो÷मेरो भनेर तछाड मछाड हैन हाम्रो र हामी भनेर अघि बढौ । आफु बाँचौ अनि अरुलाई पनि बचाउँ !!!
 त्यहाँ हामी आफु बाँचेर र अरुलाई बचाएर मात्र पनि जीवनको कुनै अर्थ छैन जहाँ प्रकृति बाँचेको छैन । त्यसैले प्रकृतिबाट पाए भन्दैमा उसको भागै नराखी भएभरको सबै कुरा प्रकृतिबाट नखोस ।
कसैबाट केहि लिएको छौ र त्यसले तिमीलाई फाईदा भएको छ भने तिमीले उसलाई पनि लाभदायक कुरा नै देऊ बिकारी र हानिकारक कुरा होईन । किनकि जहाँ राम्रो कुराको आदानप्रदान हुन्छ त्यहाँ राम्रो वातावरण अनि राम्रो सम्बन्ध बन्छ । त्यसैले, सधै सबैको लागी राम्रो काम गर अनिमात्र प्रकृति बाँच्नेछ, तिमी आफु बाच्ने छौ अनि अरुलाई पनि बचाउन सक्नेछौ ।

Saturday, February 12, 2011

बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन

बिकास अनि परिवर्तन भन्दै जथाभावि,शहरिकरण र वनबिनाश बढ्न थाल्यो,
मोटरगाडी र उद्योगको धुलो धुवाँ, विश्व मौसम परिवर्तनको हिलोमा गड्न थाल्यो ।
तराईमा अति साह्रो गर्मि बढ्यो,मान्छेलाई नै मार्न लाग्यो,
सोलुखुम्बुमा पनि आजकाल,लामखुट्टेले आलौ रोग सार्न लाग्यो ।
असारमा पर्ने पानी आजभोलि,श्रावण अनि भाद्रमा पर्न थाल्यो ,
हिमतालहरु पग्लिएर नदि तथा,झरना बनि झर्न थाल्यो ।
सचेत बनौ,कार्वन उत्पादनलाई कम गरौ,रोपौ रुख, धेरै बनाउ वन,
बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन । 

  • बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन ।