भन्छन् “Politics is as necessary as Toilet” संयोग पनि उस्तै परेको छ । भोलि मंसिर ४ गते नेपाल मा संविधान सभाको चुनाव हुदैछ, कसलाई भोट दिने, कसले जित्ला जस्ता कुराहरु आजकाल जनबोलि बनेको छ, बच्चा देखि बृद्ध सम्म सबैको चासोको विषय बनेको छ । त्यसैगरि भोलि November 19, विश्व चर्पि दिबस, संविधान सभाको चुनाव जति प्रचार प्रसार र जनचासोको विषय नबनेपनि यसको आफ्नै महत्व छ, विश्वभरका बिकास निर्माण साथै खानेपानी तथा सरसफाइमा काम गर्ने संघ संस्थाहरुले यसलाई महत्वका साथ मनाउन गईरहेका छन् ।
आजसम्म पनि नेपालका ४० प्रतिशत भन्दा बढी घरधुरीमा चर्पि छैन र आधा भन्दा बढी जनसंख्या आजपनि खुला ठाउँमा हग्दैछन् । कुरा नेपालको मात्र हैन, आज सम्म पनि विश्वका साढे २ अर्व (२.५ विलियन) भन्दा बढी मानिसहरु सफा र स्वस्थ व्यक्तिगत चर्पिको पहुचबाट बन्चित छन् । नेपाल लगाएत कयौ बिकासोन्मुख देशका मानिसहरु चर्पि नभएकै कारण विभिन्न किसिमका पानी र सरसफाइजन्य रोगहरुको सिकार भई अकालमा ज्यान गुमाईरहेका छन् । यिनै कुरालाई मध्य नजर गदै र सरसफाइलाई मानव जीवनको आधारभूत आवश्यकताको रुपमा पैरवि गदै विभिन्न कार्यक्रमहरुको आयोजना गरि सन् २००१ देखि विश्व चर्पि दिबस मनाइदै आएकोे पाईन्छ ।

याद गरौ, संविधान नबन्दा सम्पूर्णले नेता र दलहरुलाई गाली गरे जस्तै घरमा चर्पि नबन्दा र बाटो छेऊमा दिसा गर्दा र गर्नुपर्दा बाटेमा हिड्ने हरेक बटुबाले बाटो हगुवा भन्दै गालि गरेको सुन्नु पर्नेछ, घरका बालबच्चा, छोराछोरी, बिरामी, अशक्त, गर्भवति महिला आदीले पनि घरको जिम्मेवार व्यक्ति भएर पनि जिम्मेवारी वहन नगरेकोमा गालि गर्नेछन् । त्यसैले गाली हैन ताली पाउने काम गरौ, चर्पि बनाऊ साथै विभिन्न किसिमका रोगहरुलाई कम गराऊ र महामारी भगाऊ । चर्पि दिबसको शुभकामना !!! धन्यवाद चर्पि !!! :)
No comments:
Post a Comment