सिमजुङ्ग गा.बि.स. गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सानो गा.बि.स. हो जुन गोरखा सदरमुकामबाट लगभग ४५ कि.मि. को दुरीमा रहेको छ । राष्ट्रिय सरसफाइ अभियान र जिल्लास्तरीय सरसफाई अभियानलाई आत्मासाथ गर्दै सिमजुङ्गले पनि आफ्नो अभियानलाई निरन्तरता दिदैआईरहको अवस्था छ । यसै सिलसिलामा सिमजुङ्गबासीले यहि २०७० साल मंसिर २८ गतेका दिन आफ्नो गाउँलाई जिल्लाकै १९औं खुला दिसा मुक्त गा.बि.स.को रुपमा स्थापित गर्न सके जुन कुरालाई गा.बि.स. सचिव लगायत गाउँलेहरुले आफ्नो भनाई मार्फत पुष्टि गर्दै थिए भने गाउँ वरिपरि देखिएका विभिन्न बोर्डहरुले पनि त्यसलाई प्रमाणित गरिरहेका थिए ।

गा.बि.स. सचिवका अनुसार सिमजुङ्ग गा.बि.स. लाई बि.सं.२०५२ सालमा नै जिल्ला बिकास कार्यलयले नमुना गा.बि.स.को रुपमा स्थापित गरेको रहेछ । उक्त बिषयमा सिमजुङ्गका गा.बि.स. सचिब शेखरनाथ न्यौपानेले आफ्ना कुरा हामीसंग राख्दै भने “नमुना गा.बि.स. भएकोमा हामी अत्यन्तै खुसी थियौ तरपनि के साँच्चै हाम्रो गा.बि.स. नमुना नै छ त भन्ने प्रश्न हामीमा उठिरहन्थ्यो, जसले गर्दा हामीमा अझ धेरै गर्नु बाँकी छ भन्ने कुराको महसुस हुनुका साथै सहयोगी हातहरुको पनि अभाव महसुस हुन्थ्यो ।” उनी अघि थप्छन् “हाम्रो उक्त अभावलाई द मनोज एसोसिएसन, नेपाल रेडक्रस, नेपाल स्वास्थ्यका लागी पानी (नेवा) लगायतका संस्थाहरुले पुरा गरिदिएका छन् ।” न्यौपानेका अनुसार यी संस्थाहरुले गर्दा गाउँमा सरसफाइ र स्वच्छताको अभियानलाइ तिब्र गतिमा लान निकै सहयोग पुगेको पाईयो ।
सिमजुङ्गबाट सिक्नुपर्ने कुराहरुः
१. खु.दि.मु.क्षे. घोषणा पश्चातः
कतिपय जिल्ला तथा गा.बि.स. हरुले खुला दिसा मुक्त क्षेत्र घोषणा पश्चात सरसफाइको अभियानलाई खासै निरन्तरता नदिएको पाईएको छ । अहिलेको अवस्थामा खुला दिसा मुक्त क्षेत्र (खु.दि.मु.क्षे.) घोषणा मात्र ठुलो कुरा नभई सरसफाइलाई कसरी निरन्तर दिने भन्नका लागी खु.दि.मु.क्षे. घोषणा पश्चातका लागी छुटै रणनितिको आवश्यकता रहेको र उक्त रणनीति गा.बि.स. स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा बनिसकेको कुरा समितिका अध्यक्ष शेखरनाथ न्यौपानेले जानकारी दिनुभयो । जस अन्र्तगत निम्न कुराहरु समावेस गरिएका छन्ः
- गाउँमा रहेका खानेपानीका धाराहरुमा मिटर जडान प्रकृया अगाडी बढाउने ।
- सार्वजनिक शौचालयको प्रयोग र उचित व्यवस्थापनमा जोड दिने ।
- सरोकार पक्षहरु विच समन्वय कायम राख्ने ।
- खुला ठाउँमा दिसा गर्नेलाई रु. १०० जरिवाना तिराउने साथै सुचना प्रदान गर्नेलाई रु. ५० पुरस्कार प्रदान गर्ने ।
- नयाँ घर बनाउनु पूर्व चर्पि अनिवार्य रुपमा बनाउनु पर्ने ।
- सरसफाई परिचय पत्र लिएर आउनेलाई मात्र प्रशासनिका कायृहरुमा सिफारिस गर्ने ।
- प्रत्येक विद्यालयको प्राथना सभामा सरसफाइका कुरा अनिवार्य गराउने ।कुनै सार्वजनिक समारोह तथा कार्यक्रम हुने स्थानमा अस्थाइ शौचालय निर्माण गरी प्रयोग गर्ने र प्रयोग पश्चात सुरक्षित रुपमा व्यवस्थापन गर्ने ।
- हरेक वर्ष विभिन्न कार्यक्रम गरी सरसफाइ सप्ताह मनाउने र उक्त कार्यक्रममा नै सरसफाइमा उत्कृष्ट ३ घर साथै १ समुदायलाई पुरस्कारको व्यवस्था गर्ने ।
- खोला खोल्सामा फोहोर फाल्न अन्त्य गर्ने ।
- मरे–सडेगलेका बस्तुहरुको उचित व्यवस्थापन गर्ने ।
- सामाजिक बधशालाको निर्माण गर्ने ।
- शौचालयको सरसफाइमा नियमित ध्यान पुर्याउन् भनि नियमित रुपमा एकअर्काको शौचालय अनुगमन गर्ने ।
- सुरक्षित पानीको सहज व्यवस्थापनको लागी नेवासंग पहल गर्ने । आदी
२. सार्वजनिक शौचालय

“सबैको घरमा त चर्पि छ तर बाटो हिड्ने मानिसलाई पनि त दिसा पिसाब गर्न मन लाग्छ । यो सार्वजनिक चर्पिले बाटो हिड्नेलाई निकै राम्रो भएको छ । त्यति मात्र कहाँ हो र, हामी आफु घाँस, दाउराका लागी निस्कदा पनि बाटैमा शौचालय भएकोले धेरै सजिलो भएको छ ।” सिमजुङ्ग–७, गोगनपानी की स्थानीय ईश्वरी गुरुङले खुसी हुदै भनिन् । गुरुङ स्थानीय “सातकन्या महिला समुह” की अध्यक्ष पनि हुन् । उनीहरुकै समुहले वर्षमा रु.१००० दिएर एक जना स्थानीय महिलालाई उक्त सार्वजनिक शौचालयको हेरचाहका लागी खटाउने गरेको गुरुङको भनाई छ ।
३. सरसफाइमा किशोरीहरुको अग्रसरता
आधा आकास ढाकेका महिला, त्यसमाथि जोश र जागरले भरिपूर्ण किशोरीहरु अनि उनीहरुको सरसफाइमा अग्रसरता साँच्चै प्रशंसनिय रहेछ सिमजुङ्गमा । महिला बिकास कार्यलयको सहजिकरणमा “गरिवि विरुद्ध महिला” कार्यक्रम अन्र्तगत “सृजनशिल किशोरी वृत्त” का विभिन्न वार्ड स्तरीय किशोरी समुहहरुले सिमजुङ्ग गा.बि.स. लाई खुला दिसा मुक्त बनाउन जति सहयोग गरे त्यो भन्दा बढी उक्त गा.बि.स. लाई सधै सफा राख्नमा निकै ठुलो भुमिका खेल्दै आएका छन् । उनीहरु प्रत्येक शनिवार ठिक ७ बजे आ–आफ्नो घरबाट कुचो र आवश्यक सामाग्री लिई टोलमा जम्मा भई टोल सरसफाइमा लाग्ने गरेको स्थानीयहरुले बताएका थिए ।

४. सरसफाइ साथि
खनेपानी र सरसफाइको लागी सिमजुङ्ग गा.बि.स.मा कार्यरत संस्था नेवाले सरसफाइका सारथीहरुको रुपमा २२ जना व्यक्तिहरुलाई तालिम लिएर दक्ष बनाई सरसफाइ साथिको रुपमा स्थापित गरेको छ । सरसफाइ साथिहरुमा प्रत्येक वार्डका स्वास्थ्य स्वयम सेविका, विद्यालयका शिक्षक शिक्षिका, नागरिकसचेतना मञ्चका व्यक्तिहरु रहेका छन् । सरसफाइ साथिहरुले गाउँका विभिन्न ठाउँमा गई मानिसहरुलाई सरसफाइको चेतना फैलाउने र व्यवहार परिवर्तन गर्नमा सहजिकरण गर्दै आएका छन् ।

लेखनः
कमला के.सी.
वाटरएड नेपाल
Published on:
1. Commandar Post Daily on 17th April 2014
2. Daraudi Daily on 22nd April 2014
2. Daraudi Daily on 22nd April 2014
No comments:
Post a Comment