Showing posts with label Crime in Nepal. Show all posts
Showing posts with label Crime in Nepal. Show all posts

Tuesday, October 2, 2018

सुन सँग चोरिएका सुनौला भावना

सुनमा मलाई कहिल्यै ईच्छा जागेन तर हाम्रो परम्परा र रितिरिवाजमा अरु बेला नलगाएपनि  बिहेको बेला लगाउनै पर्ने केही बिशेष गहनाहरु; मंगलसुत्र, कानमा लगाउने झुम्का, औठि, तिलहरि जस्ता कुराहरु कोही किनिएका थिए त कोही नयाँ बेहुलिको मुख हेर्न आउने आफ्न्तहरुले उपहार स्वरुप दिएका । बिबहाको दिन त्यो पनि लगनको बेला बेहुलाले बेहुलि लाइ लगाइदिएको मङलसुत्र सङ एउटी बेहुलिको भावना कति सम्म जोडिएको हुन्छ भन्ने त त्यो बेहुलिले मात्र महसुस् गर्न सक्छे ।

यसै त किम्ति मानिने सुन् त्यस माथि भावना अनि सम्बन्धहरु गासिएका भर्खर् १ बर्स पुगेको । जम्मा जम्मि ४ पटक लागए होला, रहर् पनि नपुगेका कुरा हरु छर्लङ उज्यालो दिन त्यो पनि मध्यान्नको १२ / १ बजे को समयमा राजधानिको जावालाखेल् जस्तो ठाउबाट् चाबि फुटाएर चोरेर लगेपछि त्यसको पिडा कस्तो हुन्छ भनि सायदै कसैले अन्दाज लगाउन सक्ला । चोरीएका समानहरुको मुल्य निर्धारण गर्दा ३/४ लाखमा देखिएपनि त्यो सङ जोडिएका मेरा भावनाहरु करोडौ तिर्दा पनि किन्न नसकिने थिए ।
चोरीएकै हो भन्ने आफुमा पुष्ट हुने बित्तिक कै १०० मा फोन गरे । फोन सानेपा प्रहरि कार्यालयको महिला प्रहरिले उठाउनु भयो र खबर गरेको १० मिनेटमा महिला प्रहरिको अगुवाइमा सानेपा प्रहरि म बस्दै गरेको घरमा पुगे । येसो यताउता हेरे, घटनाको बारे सोधपुछ गरे अनि गए । त्यहि टोलिको निर्देशनमा करिब् १५ मिनेट जतिमा अपराध अनुसन्धानका टोलि जावालाखेल् प्रहरि कार्यलयबाट् आइ कागजातहरु सम्बन्धि कामहरु गरि मुचुल्का उठाइवरि भोलि बिहान कार्यलय समयमा आइ निवेदन् जारि गर्न सल्लाह् दिए । यि सबै गतिबिधि सकिदा रातको लगभग ९ बज्न लागेको थियो । यि सबै प्रकृया देख्दा मलाइ नेपाल् प्रहरि प्रति साच्चैनै गर्व महसुस भयो ।

मेरो साधारण बुझाईले हेर्दा चोर वरीपरी सबैकुरा थाहा भइ राखेकै मान्छे हुनुपर्छ जस्तो लाग्छ । त्यसैले मनमा आशा लागेको थियो मैले अधिकारिक रुपमा लिखित निबेदन दिएपछि प्रहरिको टोलिले म बस्ने घरको छिमेकका  मानिसहरुलाइ पनि यो घटना को बारे सोधपुछ गर्ने छ । केहि जानकारि आए धेरै राम्रो न आएपनि कम्तिमा मा सबै सचेत् हुनेछन् र भबिस्य मा यो बस्ति वरिपरि यस्ता घट्ना दोहोरिने छैनन् भन्ने लागेको थियो । तर मेरो आशा अनि भरोसा को पनि चोरि भयो । "ल निबेदन् लेख्नुस् अनि फलानो नम्बरको कोठामामा छोडिदिनुस् ।" जब सक्कल् निबेदनको प्रति ति जवानले लिए तब आफ्नो सहकर्मि लाइ भने " ए भाइ ल यो निबेदन् फलनो फाइलमा राखिदे" अनि म तिर हेरि भने "अब तपाइ जान सक्नु हुन्छ ।"  त्यो भनाइले मेरा आशा अनि भरोसा हरु  नभेटिने गरी  प्रहरि कार्यलय भित्रै चोरि भए । त्यहि पनि केहि झिनो आशा लिइ सोधे  " केहि होला कि नहोला?" केहि झर्किलो आवाजमा मेरो जिग्यासाको उत्तर आयो "तपाइ कुरालाइ चाहि सकारात्मक लिनुस्" ।

हुन त दैनिक करोडौको चोरि जफतिको घटना दर्ता हुने प्रहरि कार्यलय अनि दैनिक् यस्ता घटनाहरु देख्दै आएका प्रहरिहरुको लागि मेरो चोरि भएका सामानको मुल्य कम् लाग्नु स्वभाबिकनै हो । तर मेरो लागि त्यो सुनको मुल्य भन्दा पनि त्यो सङ जोडिएका मेरा सुनौला भावनाहरु कति बहुमुल्य छन् भन्ने कुरा न मैले उनिहरुलाइ बुझाउन सके न त उनिहरु (चोर् पुलिस् दुबैले) नै बुझ्न सके । 

यती का बाबजुत पनि नेपाल प्रहरिका अनुसन्धान टोलिले सुक्ष्म तवरमा अनुसन्धान गरी सम्बन्धित अपराधीहरुलाइ पक्राउ गर्न सक्षम छन् भन्ने झिनो आशा र भरोसा अझै बाकि नै छ ।