Showing posts with label Hygiene. Show all posts
Showing posts with label Hygiene. Show all posts

Thursday, May 19, 2011

“सुरक्षित खानेपानी र सरसफाई” मानव अधिकार!!!

“मानिस जन्मिए पछि मर्छ” यो ध्रुव सत्य कुरा हो र मानिसले जन्मिए पछि नमरुनजेलसम्म स्वस्थ भएर बाँच्न पाउनु पर्छ, यो उसको मानब अधिकार हो ।
हरेक मानिस आफ्नो जीवनकालमा बिभिन्न किसिमका (सर्ने र नसर्ने) रोगहरुबाट ग्रसित हुन्छ, एक अर्थमा भन्ने हो भने मानिस नै रोगहरुको घर हो, यदि मान्छे नहुदो हो त यी नानाथरीका रोगहरु पनि हुदैन थिए होला । यसरी यी रोगहरुलाई केलाउने हो भने संसारमा ७०–८० प्रतिशत रोगहरु अशुरक्षित पानी र सरसफाईको कमिले गर्दा लाग्ने गर्दछन् जसबाट आजसम्म पनि नेपाल लगायत विभिन्न मुलुकमा वर्षेनी लाखौ मानिसले आफ्नो न्यान गुमाई रहेका छन् त्यसमध्ये कयौ बालबालिका यस्ता छन् जसले आफ्नो पाँचौ जन्मदिन पनि मनाउन नपाई मृत्यु अगाल्न बाध्य छन् ।

 जब म यस्ता कुराहरु सुन्छु, हेर्छु र पढ्छु तब मलाई प्रश्न गर्न मन लाग्छ.... “के यहि हो त मान्छेको बाच्न पाउने अधिकार?” “जब मान्छे सुरक्षित खानेपानी र सरसफाईको पहँुचबाट टाढा छ भने उसको लागी स्वास्थ्य मानव अधिकार कसरी भयो?" आदी इत्यादी.....
हामीलाई थाहा छ, पानी बिनाको जीवन कल्पना गर्न पनि गाह्रो छ, त्यसैले स्वस्थ जीवन यापन गर्नको निीम्त अत्यावश्यक कुरा भनेको सुरक्षित पानी हो र पानी सुरक्षित हुन सरसफाईमा ध्यान दिनै पर्छ । यदि पानी सुरक्षित खानेपानी र सरसफाई मानिसको पहँुचमा छैन भने उसले कहिल्यै स्वस्थ भएर बाँच्न पाउने अधिकारको प्रयोग गर्न पाएको हुदैन । त्यसैले मलाई लाग्छ पानी सुरक्षित खानेपानी र सरसफाइ मानव अधिकार हो जुन कुरालाई तलको समिकरणलृ पनि प्रष्ट पार्दछ ।

                “Water and Sanitation Rights = Health Rights = Human Rights”