...On-line diary where you can read my feelings, experiences, Learning and other information..
Showing posts with label poem. Show all posts
Showing posts with label poem. Show all posts
Thursday, April 12, 2012
Monday, May 2, 2011
आमा...!!! तिम्रो लागी...
दिन मन त थियो आमा, तिमिलाई धेरै कुराहरु,
तर......
मैले आफुलाई रित्तो पाए, किनकि...
धेरैबेरसम्म विचार गरे, मौन रहे र आँखा चिम्लिएर सोचे,
तर......
मैले आफुलाई रित्तो पाए, किनकि...
तिम्रो स्नेह, माया ममता र म प्रतिको विश्वासको अगाडी,
ति सबै कुराहरु अपुरो र अधुरो लाग्यो ।
त्यो त मात्र, मध्यदिनको चर्को सुर्यको अगाडी,
बस, एउटा सानो सलाईको काँटी कोरेजस्तो ।
अनि,....
धेरैबेरसम्म विचार गरे, मौन रहे र आँखा चिम्लिएर सोचे,
यो मेरो जिन्दगी नै सुम्पिए पनि,
तिम्रो दुधको भारा तिर्न सक्दिन रहेछु ।
त्यसैले........आमा...!!!
तिम्रो त्यो स्नेह, माया ममता,
न्यानो साथ र म प्रतिको विश्वासको लागी
तिम्री यो छोरीको तर्फबाट
न्याने माया अनि लाखौ लाख धन्यवाद !!!
Love You mom!!! HaPpy MoThErS dAy!!!
Saturday, April 2, 2011
बाँचौ र बचाउँ !!!
अरुले खाओस् या नखाओस्, आफुले खाए पुग्ने । अरु बाचोस् या नबाचोस् आफु बाचे पुग्ने । घर, अफिस, कलेज, सार्वजनिक स्थल, संसद भवन, सबै किसिमका सरकारी या गैर सरकारी संस्था जतासुकै यहि मानसिकता बोकेका मानिसहरु भेटिन्छन् आजकाल । तर....
किन बुझ्दैनन् मान्छेहरुले कि भोको पेट संग भरि पेटको प्रतिस्पर्धा को कुनै अर्थ छैन ? सबै मरेर आफु मात्र बाच्नुको कुनै औचित्य छैन ?
तर........................................................................
आफु नखाई अरुलाई खुवाउन सकिन्न, अनि आफु नबाचि अरुलाई बचाउन सकिन्न । त्यसैले तेरो÷मेरो भनेर तछाड मछाड हैन हाम्रो र हामी भनेर अघि बढौ । आफु बाँचौ अनि अरुलाई पनि बचाउँ !!!
त्यहाँ हामी आफु बाँचेर र अरुलाई बचाएर मात्र पनि जीवनको कुनै अर्थ छैन जहाँ प्रकृति बाँचेको छैन । त्यसैले प्रकृतिबाट पाए भन्दैमा उसको भागै नराखी भएभरको सबै कुरा प्रकृतिबाट नखोस ।
कसैबाट केहि लिएको छौ र त्यसले तिमीलाई फाईदा भएको छ भने तिमीले उसलाई पनि लाभदायक कुरा नै देऊ बिकारी र हानिकारक कुरा होईन । किनकि जहाँ राम्रो कुराको आदानप्रदान हुन्छ त्यहाँ राम्रो वातावरण अनि राम्रो सम्बन्ध बन्छ । त्यसैले, सधै सबैको लागी राम्रो काम गर अनिमात्र प्रकृति बाँच्नेछ, तिमी आफु बाच्ने छौ अनि अरुलाई पनि बचाउन सक्नेछौ ।

Saturday, February 12, 2011
बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन
बिकास अनि परिवर्तन भन्दै जथाभावि,शहरिकरण र वनबिनाश बढ्न थाल्यो,
मोटरगाडी र उद्योगको धुलो धुवाँ, विश्व मौसम परिवर्तनको हिलोमा गड्न थाल्यो ।
तराईमा अति साह्रो गर्मि बढ्यो,मान्छेलाई नै मार्न लाग्यो,
सोलुखुम्बुमा पनि आजकाल,लामखुट्टेले आलौ रोग सार्न लाग्यो ।
असारमा पर्ने पानी आजभोलि,श्रावण अनि भाद्रमा पर्न थाल्यो ,
हिमतालहरु पग्लिएर नदि तथा,झरना बनि झर्न थाल्यो ।
सचेत बनौ,कार्वन उत्पादनलाई कम गरौ,रोपौ रुख, धेरै बनाउ वन,
बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन ।
- बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन ।
- बचाउँ विश्व, बचाउँ राष्ट,बचाउँ आफ्नो जीवन ।
Subscribe to:
Posts (Atom)