Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts

Friday, May 27, 2011

हामी नेपाली एउटा पाटो नभएको खोटो सिक्का !!!

“अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्, त्यसैले आफ्नो अधिकारका लागी लड्नेले आफ्नो कर्तव्य पनि बुझ्नु पर्छ र त्यसलाई पुरा गर्नु पर्छ ।” यो कुरा मैले सानो हुँदा चार कक्षाको सामाजिक किताबमा पढेको थिए । यो भनाईलई पुष्टि गर्न सरले विभिन्न किसिमका उदाहरण दिनुहुन्थ्यो जसले गर्दा मलाई लाग्थो साच्चै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन् ।


तर आजकालको यो देशको स्थितिलाई नियाल्ने हो भने यहाँ आफ्नो अधिकार प्राप्तिको लागी हरेक व्यक्ति, समुह, दल आदी आफुलाई विभिन्न नाम दिएर सधै जसो बन्द, हडताल, तोडफोड, आगजनी ईत्यादी गर्नमा व्यस्त छन् र उनीहरु सबै आफ्नो देशप्रतिको दायित्व र कर्तव्यलाई बिर्सिरहेका छन् । यता देखि त्यता सम्म, जनता देखि नेतासम्म सबैजना आफ्नो कर्तव्यलाई बिर्सिएर मात्र आफ्नो अधिकारको निम्ति लागी परेका छन् । 

हाम्रो नेपालमा अहिले जनतालाई संविधान चाहिएको छ, त नेतालाई कुर्सी । जनता जसरी भएपनि नयाँ संविधान ल्याउन चाहान्छन्, त नेताहरु जसरी हुन्छ आफ्नो कुर्सी बचाउने र भत्ता खाने सुरमा लागी परेका छन् । यसमा हामी जनताले पनि कहिल्यै सोचेनौ कि देश र नेता प्रति हाम्रो दायित्व र कर्तव्य के हो ? जहिले नेताहरुलाई गाली मात्र गरिह्यौ र कहिल्यै सोचेनौ कि कसरी नेता र दलहरुलाई सहयोग गरेर देशमा शान्ति र बिकासको मुल फुटाउने ? नेता र दलहरुको त झन के कुरा गर्ने, उनीहरुले आफुलाई भोट दिएर जिताएका जनतालाइ त कुर्सीमा पुगेपछि बिर्सिए बिर्सिए, मातृ भुमि प्रतिको आफ्नो दायित्व र कर्तव्यलाई पनि वेवास्था गरेर त्यहि घुम्ने कुर्चिमाथि निदाईरहेका छन् । त्यसैले आजको यो स्थिति देख्दा मलाई त्यो सानो छदाँ पढेको कुराको सम्झना भयो र लाग्यो हामी सम्पुर्ण नेपालीहरु (जनता होस् या नेता) त एउटा पाटो नभएको खोटो सिक्का रहेछौ । हामी आफु त खोटो भयौ भयौ, यो सुन्दर, शान्त र रमणीय भनेर संसारमा नै ख्यातीप्रप्त देश नेपाललाई पनि खोटो सिक्का बनाईरहेका छौ जसको कुनै अस्तित्व र महत्व छैन ।



Thursday, May 5, 2011

एनसेल भर्सेज सरसफाई (Ncell Vs Sanitation)

आज एउटा दैनिक पत्रिकामा छापिएको समाचारले मेरो ध्यान तानेको थियो । समाचारमा लेखिएको थियो “नेपाल टेलिकम (NTC) को भन्दा एनसेल (Ncell) को ग्राहक संख्या धेरै,हैनहोला जस्तो लागेर राम्रो संग पुरै समाचार पढेको त नभन्दै नेपाल टेलिकम (NTC) ले भन्दा एनसेल (Ncell) ले आफ्नो ग्राहक संख्या धेरै बनाएको रहेछ । तर मलाई चाही यो समाचार पढेपछि किन किन एनसेल (Ncell) लाई नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) संग दाज्न मन लाग्यो ।

 हामी सबैलाई थाहा छ,नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) ४३ प्रतिशत छ तर सबैलाई यो थाहा नभएको पनि हुन सक्छ कि यो भित्र हाम्रो देशका विभिन्न जिल्लामा कुनै सरकारी तथा गैरसरकारी संस्थाले बनाईदिएको चर्पि (जसलाई प्रयोग नगरी चोखै राखिएको छ,बाख्रा,सुंगुर आदीको खोर बनाइएको छ; दाउरा, घाँस, पराल आदीको गोदाम घर बनाईएको छ)समेत पर्न आउछ । त्यस्तै एनसेल (Ncell) को ग्राहाक संख्या पनि मलाई कता कता यहि नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) जस्तै हो की भन्ने लाग्यो किनकी म लगाएत मैले चिनेका धेरै साथिहरु संग पनि एनसेल (Ncell) को सिम छ तर त्यो सिम हप्तामा २ घण्टा पनि सायदै चल्दो हो ।

  हुन त यसो भनेर मैले एनसेल 
(Ncell) लाई नराम्रो खोजेकी हैन,यो त मेरो नित्तान्त व्यक्तिगत सोचाई र भोगाई मात्र हो त्यसैले यो मेरो सोचाई र भोगाई गलत भएमा माफी चाहान्छु ।

                                                            धन्यवाद 
!!!

Saturday, April 2, 2011

बाँचौ र बचाउँ !!!

अरुले खाओस् या नखाओस्, आफुले खाए पुग्ने । अरु बाचोस् या नबाचोस् आफु बाचे पुग्ने । घर, अफिस, कलेज, सार्वजनिक स्थल, संसद भवन, सबै किसिमका सरकारी या गैर सरकारी संस्था जतासुकै यहि मानसिकता बोकेका मानिसहरु भेटिन्छन् आजकाल । तर....
किन बुझ्दैनन् मान्छेहरुले कि भोको पेट संग भरि पेटको प्रतिस्पर्धा को कुनै अर्थ छैन ? सबै मरेर आफु मात्र बाच्नुको कुनै औचित्य छैन ?
तर........................................................................
आफु नखाई अरुलाई खुवाउन सकिन्न, अनि आफु नबाचि अरुलाई बचाउन सकिन्न । त्यसैले तेरो÷मेरो भनेर तछाड मछाड हैन हाम्रो र हामी भनेर अघि बढौ । आफु बाँचौ अनि अरुलाई पनि बचाउँ !!!
 त्यहाँ हामी आफु बाँचेर र अरुलाई बचाएर मात्र पनि जीवनको कुनै अर्थ छैन जहाँ प्रकृति बाँचेको छैन । त्यसैले प्रकृतिबाट पाए भन्दैमा उसको भागै नराखी भएभरको सबै कुरा प्रकृतिबाट नखोस ।
कसैबाट केहि लिएको छौ र त्यसले तिमीलाई फाईदा भएको छ भने तिमीले उसलाई पनि लाभदायक कुरा नै देऊ बिकारी र हानिकारक कुरा होईन । किनकि जहाँ राम्रो कुराको आदानप्रदान हुन्छ त्यहाँ राम्रो वातावरण अनि राम्रो सम्बन्ध बन्छ । त्यसैले, सधै सबैको लागी राम्रो काम गर अनिमात्र प्रकृति बाँच्नेछ, तिमी आफु बाच्ने छौ अनि अरुलाई पनि बचाउन सक्नेछौ ।