Showing posts with label WASH. Show all posts
Showing posts with label WASH. Show all posts

Thursday, May 5, 2011

एनसेल भर्सेज सरसफाई (Ncell Vs Sanitation)

आज एउटा दैनिक पत्रिकामा छापिएको समाचारले मेरो ध्यान तानेको थियो । समाचारमा लेखिएको थियो “नेपाल टेलिकम (NTC) को भन्दा एनसेल (Ncell) को ग्राहक संख्या धेरै,हैनहोला जस्तो लागेर राम्रो संग पुरै समाचार पढेको त नभन्दै नेपाल टेलिकम (NTC) ले भन्दा एनसेल (Ncell) ले आफ्नो ग्राहक संख्या धेरै बनाएको रहेछ । तर मलाई चाही यो समाचार पढेपछि किन किन एनसेल (Ncell) लाई नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) संग दाज्न मन लाग्यो ।

 हामी सबैलाई थाहा छ,नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) ४३ प्रतिशत छ तर सबैलाई यो थाहा नभएको पनि हुन सक्छ कि यो भित्र हाम्रो देशका विभिन्न जिल्लामा कुनै सरकारी तथा गैरसरकारी संस्थाले बनाईदिएको चर्पि (जसलाई प्रयोग नगरी चोखै राखिएको छ,बाख्रा,सुंगुर आदीको खोर बनाइएको छ; दाउरा, घाँस, पराल आदीको गोदाम घर बनाईएको छ)समेत पर्न आउछ । त्यस्तै एनसेल (Ncell) को ग्राहाक संख्या पनि मलाई कता कता यहि नेपालमा सरसफाईको पहुँच (Sanitation Coverage) जस्तै हो की भन्ने लाग्यो किनकी म लगाएत मैले चिनेका धेरै साथिहरु संग पनि एनसेल (Ncell) को सिम छ तर त्यो सिम हप्तामा २ घण्टा पनि सायदै चल्दो हो ।

  हुन त यसो भनेर मैले एनसेल 
(Ncell) लाई नराम्रो खोजेकी हैन,यो त मेरो नित्तान्त व्यक्तिगत सोचाई र भोगाई मात्र हो त्यसैले यो मेरो सोचाई र भोगाई गलत भएमा माफी चाहान्छु ।

                                                            धन्यवाद 
!!!

Saturday, April 30, 2011

“खानेपानी तथा सरसफाई मञ्चमा” पुर्ण सरसफाईका कुरा"


चैत्र १६, काठमाडौं
“सरसफाई कुनै अवस्था हैन जसलाई हामी प्राप्त गर्न सक्छौ, यो त एउटा प्रक्रिया हो जुन सजिलै छोटो समयमा पुरा हुदैन, यसलाई पुरा गर्न त हरेक व्यक्तिले आफ्नो दैनिकी नै सरसफाईमय बनाउनु पर्छ ।” यहि भनाईलाई नै मुख्य मन्त्र बनाएर राजधानीको............


(For More)