NEWS

                Idea Sharing Workshop on “Application of Social Media & Blog in WASH”
By: Kamala K.C
In this scientific age, Information technology is makeing the world closer and the different social media like facebook, blog, twitter, youtube and so on is playing important role on it. Most of the youths used different types of social media for different purpose, actually is both way sword. It can be useful very much if used proper way; at the same time, can harm as well if misuse it. “paschim paaila”, a youth network tried to integrate WASH (Water, Sanitation and Health) in social media by using blogging and googling as advocating and sensitizing tool on one day idea sharing workshop entitled, “Application of Social Media & Blog in WASH” on May 9, 2011 at ENPHO Hall, Thapagaun, Kathmandu.

Mr. Phurba Sange Moktan sharing his ideas of social media with his collogues on the workshop. He said, “Blog is a personal website where we are able to write our experiences, ideas and so on through which we are able to sensitize, aware and empower the youths/people in different issues such as WASH.”

All participants were enjoyed the workshop and able to make and manage their blog properly. Ten people were participating in training. Follow up workshop will be conducted to the participants again on May 18, 2011.


“खानेपानी तथा सरसफाई मञ्चमा” पुर्ण सरसफाईका कुरा"
चैत्र १६, काठमाडौं
“सरसफाई कुनै अवस्था हैन जसलाई हामी प्राप्त गर्न सक्छौ, यो त एउटा प्रक्रिया हो जुन सजिलै छोटो समयमा पुरा हुदैन, यसलाई पुरा गर्न त हरेक व्यक्तिले आफ्नो दैनिकी नै सरसफाईमय बनाउनु पर्छ ।” यहि भनाईलाई नै मुख्य मन्त्र बनाएर राजधानीको नयाँ वानेश्वरमा आयोजित “खानेपानी तथा सरसफाई मञ्च (WASH Forum)” भन्ने एक छलफल कार्यक्रमको “नेपालमा पुर्ण सरसफाई अभियानः सिकाई तथा अगाडीका पाईलाहरु” भन्ने विषयमा जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) का काशिकान्त ठाकुरले आफ्ना कुराहरु राख्नुभयो । उहाँले अगाडी थप्नुभयो “नेपालमा सरसफाई भन्ने वित्तिकै सबैको घरमा चर्पि भन्ने बुझिन्छ तर पुर्ण सरसफाईमा चर्पिको गन्ति भन्दा पनि खुला दिशामुक्त क्षेत्रको गणना गर्नुपर्छ र यसका साथै खानेपानी तथा फोहोर व्यवस्थापन पनि राम्रो हुनुपर्छ ।”
कार्यक्रममा, नेपालका विभिन्न जिल्लामा भईआएका पुर्ण सरसफाई अभियानको उदाहरण र त्यसमा प्रयोग गरिएका विभिन्न तौर तरिका जस्तैः समुदायमा आधारित पुर्ण सरसफाई, विद्यालयमा आधारित पुर्ण सरसफाई आदीका बारेमा पनि जानकारी प्रदान गरिएको थियो ।
अन्त्यमा, सरसफाईका सरोकारवालाहरु भनेको एउटा सामान्य व्यक्ति (जसको घरमा चर्पि छैन र बाहिर खुला ठाउँमा दिशापिसाब गर्छ) देखि लिएर विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका व्यक्तिहरु हुन् र पुर्ण सरसफाईमा यी सबैको भुमिका महत्वपुर्ण हुन्छ भन्दै कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रममा विभिन्न १३ वटा संघ संस्था तथा कलेजबाट ४० भन्दा बढी युवायुवतिको सहभागीता रहेको थियो ।
“खानेपानी तथा सरसफाई मञ्च (WASH Forum)” एउटा मासिक छलफल कार्यक्रम हो जुन हरेक अङ्ग्रेजि महिनाको अन्तिम शुक्रवार हुने गर्दछ । कार्यक्रमको आयोजना एन्फो र “पश्चिम पाईला” ले संयुक्त रुपमा गदै आएको छ ।

 


एउटा फरक भेटघाट,खानेपानी तथा सरसफाई भेटघाट...(WASH Get-Together!!!)


 हामी भेटघाट (Get-Together) भन्ने बित्तिकै पुरानो साथिहरुसंग भेट्ने, कुनै रेष्टुरेन्टमा जाने अनि रमाईलो गर्ने भन्ने बुझ्छौ तर गत बिहिबार (२४ चैत्र,२०६७ ) मा पुरानो बानेश्वरको ल्ब्ःक् कलेजमा भने एउटा अनौठो प्रकारको भेटघाट कार्यक्रमको आयोजना भएको थियो जसको नाम थियो WASH Get-Together यानेकी खानेपानी तथा सरसफाई भेटघाट ।
त्यस खानेपानी तथा सरसफाई भेटघाट कार्यक्रममा विभिन्न कलेजमा अध्ययनरत करिब ५०० विद्यार्थीहरुको सहभागीता थियो जसमा चारवटा कलेज (NIHS, St. Xavier, SchEMS & NAMS) ले WASH (खानेपानी र सरसफाई) सम्बन्धि विभिन्न किसिमका गीत, नाटक, गजल र नृत्य प्रस्तुत गरेका थिए । निबन्ध प्रतियोगीता, चित्रकला प्रतियोगीता, फोटो प्रदर्शनि, विभिन्न किसिमका WASH Games WASH डकुमेन्ट्रिले उक्त भेटघाट कार्यक्रमको वातावरणलाई झनै रोमान्चकारी बनाएको थियो ।
WASH Get-Together तीन महिना देखि सञ्चालन गरिएको “WASH Knowledge Sharing Campaign” को समापन समारोह रहेको उक्त अभियानकी अभियान संयोजक सस्मिता पौेडेलले बताउनुभयो । भेटघाट कार्यक्रमको आयोजना पश्चिम पाईलानामक युवा संञ्जाल, जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो)CAWST ले संयुक्त रुपमा गरेका थिए ।