कसैले केहि कुरा भन्ने बित्तिकै मुसुक्क हाँसेर धन्यवाद भन्नु म आफुलाई नै यो मेरो विशेषता हो कि जस्तो लाग्ने गर्दछ । चाहे कसैले सल्लाह दियोस् या त कुनै गल्ति नै औल्याईदियोस् म उसलाई धन्यवाद भन्न सकेसम्म पछि पर्ने गर्दिन (चाहे भित्रै देखि खुसी भएर होस् या त देखावटी नै सहि) । यति हुँदाहुदै पनि साच्चैै भित्रि मनदेखि नै धन्यवाद दिन मन लागेको व्यक्तिलाई धन्यवाद भन्न नपाउँदाको पीडा भोग्ने व्यक्तिहरु सायदै होलान् तर म भने बिगत केहि दिनदेखि यो पीडा भोग्दै आएकी छु...बिर्सन्छु भन्छु तर कता कता मनमा एउटा नमिठो स्वाद बनेर बसेको छ जुन बेला बेलामा सम्झनाको डकार बनेर आईदिन्छ अनि वातावरण नै नमिठो बनाईदिन्छ ।
झाडापखला जस्तो सामान्य रोगको प्रकोपबाट भईरहेको सयौको अकालको मृत्यु संगै त्यसको विरुद्धमा केहि गर्न भनि जोशजागरका साथ युवाहरु एकजुट भएका त्यो छोटो समयमा भएको भेटघाट र चिनापरिचयबाट अगाडी बडेको मित्रता । एउटा राम्रो उदेश्य र सामाजिक दायित्वको बिउ बोकेर छहारी दिने रुखको कल्पनामा बेलुकी ५ बजे पछि घण्टाघर पछाडीको चिया पसलमा बसेर ७ रुपैयाको चिया संगै गरिएका ७ करोडभन्दा पनि अमुल्य ती मेरा सिकाईहरु जसको धन्यवादका मुख्य पात्रहरु मध्येको एउटा पात्र.....नेतृत्व लिन र गरेको कामलाई लिखित रुपमा उर्तानको निम्ति दिईएको त्यो सुझाब तत्काल सुन्दा चित्त दुखेता पनि त्यसले मलाई आफ्नो व्यत्तित्व बिकासमा धेरै सहयोग गरेको छ । अमेरिका पुग्ने बित्तिकैको त्यो ईमेल जसमा मलाई “अलिक बोल्नु पर्यो” भनेर दिईएको सुझाब, हातमा गन्न सकिने गरी मात्र भएपनि हुने गरेका फेसबुकका च्याटहरु जसमा कहिले राजनितिक कराुहरु, कहिले उपयोग्ी त कहिले हावा कुराहरुमा हुने ती छलफल । फेसबुकको वालमा लेखिएका स्टाटस देखि ब्लगमा लेखिने कुराहरुको बारेमा टिकाटिप्पणी जुन सुन्दा रुखो लागेपनि वास्तबमानै उपयोगी थिए मेरा लागी । यी सबै कुराहरुको लागी पत्यक्ष रुपमा भेटेर नै भित्रै देखि खुसि व्यक्त गदै “धेरै धेरै धन्यवाद !” भन्छु भन्ने सोचाईका साथ गरिएको प्रतिक्षा....।
यहि नोभेम्वर १ तारिकको मध्यान्न तिर सुन्नमा आएको एउटा अनौठो खबर जसलाई सुन्ने बित्तिकै आफुलाई अन्धकारमा रुमारलएको जस्तो अनुभव नगर्ने विरलै थिए होलान् । यो खबरले मेरो मनमा साचिएको त्यो श्रद्धापुर्ण धन्यवादलाई श्रद्धान्जलिमा परिवर्तन गर्नुपर्दाको क्षण...........। मेरो यो तितो भोगाई पश्चात म सबैलाई आग्रह गर्न चाहान्छु कि ‘धन्यवाद’ शब्द देख्दा मात्र एउटा शब्द हो तर यसमा अपार शक्ति छ भन्ने कुरा कहिल्यै नभुल्नु र राम्रो कुरालाई भन्न अनि गर्न कहिल्यै भोलि नभन्नु ।
अन्त्यमा, व्यक्तिसंग जोडिएको एउटा समुह जसमा अन्य धेरै सदस्यहरु (थिए र छन)् सम्पुर्णलाई जसले आजको मेरो यो पहिचान बनाउनमा भुमिका खेल्नुभएकोछ उहाँहरुलाई म भित्रैदेखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु र त्यो व्यक्ति जसलाई मैले साचेर राखेको यो धन्यवादको शब्दलाई यहि कम्युटरका किहरु र माइक्रोसफ्ट वर्डको सहायताले तिमि सामु व्यक्त गर्छु साथै आत्माको चिर शान्तिको लागी सदैव कामना गर्छु । हामी संग नभएपनि सधै हाम्रो माझमा रहनेछौ ।