Saturday, July 26, 2014

नाटकमा नभएको म

लेखु कि नलेखु? ह्या के लेख्नु । हैन हैन लेख्छु । ह्या होस् लेख्दिन होला सायद । आज “चरनदास चोर” हेरेर फर्कदै गर्दा नेपाल यातायात को भिडमा हराएको मेरो सोच । नाटक सुरु हुनु पूर्व एक जना प्रश्तोताले नाटक घर भित्र पालना गर्नुपर्ने नियमहरु भन्दै जाँदा उनी भन्छन् “नाटक चलिरहेको बेला एक आपसमा हल्ला गर्न पाईने छैन, यदि ईर्मजेन्सिमा हल्ला गर्नु परे छेउको साथिले नसुन्ने गरी गर्नुहोला”, नाटक को नियमलाई मैले नेपाल यातायातमा पनि पालना गरे । माथिको कुरामा छेउको साथिले पनि नसुन्ने गरी मन मनै हल्ला गर्न थाले, “कि आज घर गएर नाटकको बारेमा केहि लेखु वा नलेखु ?” यक्तिकैमा एउटा साथिको फोन आयो र उसंग नाटकको बारेमा कुरा गर्दै गर्दा आजको नाटकमा चरनदासले आबेगमा आएर गरेका विभिन्न ४ प्रणहरु जस्तै गरी मैले पनि उक्त साथि संग फ्याट्टै भनिदिए “म आज केहि लेख्छु ।” अब चरनदास बाट सिकेको पाठको पालना त गनैृ पर्या,े त्यसैले आफ्नो प्रण पुरा गर्न घर पुगेर खाना खाने वित्तिकै लेख्न थाले “नाटकमा नभएको म” । नाटकमा भन्ने गरेजस्त;ै यो लेख पढेर तपाईलाइ राम्रो लाग्यो भने अरुलाई पनि पढ्न भनिदिनु होला र यदि राम्रो लागेन भने मलाई भक्कुमार गालि गर्नुहोला या सुझाब दिनुहोला । अब सुरु गर्छु “नाटकमा नभएको म”..........

गुरुकुल बन्द भएपछि नाटक हेर्न नपाएर भौतारिएको म केहि समय पहिले मण्डलामा पुगे जतिबेला त्यहाँ “सुनकेशरी” नामक नाटक लागी रहेको थियो, त्यो दिन बाट मण्डला तर्फ सुरु भएको मेरो यात्रा आज सम्म पनि जारी छ । मेरो सम्झना शक्तिले भ्याएसम्म मलाई लाग्छ मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन । किनकी मैले मण्डलाका नाटकमा गुरुकुलको स्वाद पाएको छु र राजन खतिवडामा सुनिल पोखरेल ।  पत्याउनु भएन ? चरनदासले झुटो नबोले जस्तै मैले पनि झुटो बालेको हैन । हो एउटा छुटाएको थिए, त्यो थियो “चरनदास चोर” । हो पहिलो पटक यो नाटक मञ्चन हुँदा म कामको सिलसिलामा काठमाण्डौ बाहिर भएकोले छुटेको थियो तर आज त्यो पनि हेरियो र चरनदानसले “हो मैले सुनको सिक्का चोरेको हो तर १० वटा हैन, ५ वटा” भने जस्तै गरि म पनि भन्छु “ हो मैले आजसम्म मण्डलाको कुनै पनि नाटक छुटाएको छैन ।” 

आज चरनदासका प्रणहरु सुन्दै र हेर्दै गर्दा मलाई पनि मैले गरेको एउटा प्रणको याद आयो जुन मैले मण्डलामा पहिलो नाटक “सुनकेशरी” हेर्दा गरेको थिए । त्यो दिन सम्झदा मलाई आज पनि नरमाईलो लाग्छ । त्यतिबेला म कलेजको विद्यार्थी नै भएकोले म संग विद्यार्थी कार्ड थियो र छुट लिएर मैले रु. १०० को टिकट काटे र नाटक घरमा छिरे । नाटक घर भित्र हामि त्यस्तै १६–१७ जना थियौ नाटक सुरु भयो र सकियो पनि । अन्तिम मा सबै कलाकारहरु मञ्चमा देखिए, मैले यसो गने, कलाकारहरु १२–१३ जनाको हाराहारीमा थिए । यसले मलाई साह्रै नरमाईलो लाग्यो र मैले प्रण गरे “अब देखि म कार्ड भएपनि रु.२०० को टिकट काट्ने छु” र आजसम्म त्यो प्रण पुरा गरिरहेकी छु र जसरी चरनदासले आफ्नो अन्तिम सास रहुन जेल सम्म पनि आफ्नो प्रण त्यागेन आशा छ म पनि मेरो प्रणलाई निरन्तरता दिनेछु । यसरी रु. २०० को टिकट काट्ने क्रममा धेरै रमाइला कुराहरु भएका छन् जसमध्ये आज भएको कुरा लेख्दैछु । आज खाजा खाइवरी जाँदा घडिले लगभग ५:१० हानिसकेको थियो, म दौडदै काउन्टरमा गएर भन “४ वटा टिकट दिनुस् न”े अनि काउन्टरको साथिले प्रश्न फाल्नु भयो “विद्यार्थी वाला टिकट त छैन अर्कै दिउँ?” मैले हाँस्दै जवाफ दिए “धन्दा नमान्नुस्, हामी विद्यार्थी जस्तो देखिए पनि हामी संग कार्ड छैन।” उत्तरमा मौन हाँसो संगै टिकट पाए र सबै भन्दा अगाडी पलेटि कसेर बस्दै चोर चरनदास संगै अन्य कलाकारको अभिनयलाई नजिकै बाट नियाल्यौं ।

नाटक सुरु हुनु पुर्व मण्डलाले टिकटको अर्ध कट्टि लाई गोला प्रथा गदै आफ्नो एक जना दर्शकलाई उपहार दिने गरेको स्किम जस्तै नाटक हेर्न जादाँ मेरा केहि साथिहरुको लागी र मण्डला थिएटरको लागी म संग पनि एउटा स्किम हुने गर्दछ । म हरेक चोटि नाटक हेर्न जादाँ सकेसम्म एक जना नाटक नहेरेको नयाँ साथि लिएर जाने प्रयास गर्छु र उक्त नयाँ साथिलाई म टिकट उपहार गर्छु अनि भन्छु “यो नाटक मन पर्यो र अर्को पटक नयाँ नाटक हेर्न आउन मन लाग्यो भने संगै आउला उनि मेरो लागी पनि टिकट लिइदिनु ।” तर आज कुरा अलिक फरक भयो, आज म संग गएका तिनै जना साथी मण्डलाको लागी नयाँ दर्शक थिए त्यसैले मैले उनीहरुलाई टिकट उपहार दिइन, हामी सबै मिलेर काट्यौ । 

आज भोली मलाई नाटकको नसा लागेको छ, नाटक र नाटक घर संग गहिरो प्रेममा परे जस्तै भएकी छु, सायद त्यसैले होला सिनेमा र सिनेमा हल संग मेरो बिछोड भएको छ, जसमा म निकै खुसि छु र सन्तुष्ट पनि । त्यसैले म कहिलेकाही मण्डलामा नयाँ नाटक हेर्न नपाउने वित्तिकै घरि “सर्वनाम” पुग्छु त घरि सिल्पि” । हुन त काठमाडौं लगायत नेपालका धेरै ठाउँमा धेरै नाटक घर हरु छन् तर विडम्वना ती नाटक घरहरुमा म अहिले सम्म पुग्न पाएको छैन । आशा छ आउँदा दिनहरुमा ती नाटकघरका नाटकहरु पनि अवश्य हेर्ने छु । जसरी  “नाटक” शब्द आफैमा “म” शब्द नभए जस्तै थिएटरमा मञ्चन हुने हरेक नाटक भित्र म छैन तर पनि म ति नाटकहरु नियाली रहेकी छु र रमाईरहेकी छु र आफुले आफ्नो तर्फबाट सकेसम्म नाटक को पैरवी गरिरहेकी छु । 

ओहो ! लेख्दा लेख्दै निकै पो भएछ । पढ्न बोर त लागेन नि ? यो पढ्न बोर लागेको भए तपाई मण्डला नाटक घर जानुस र “चरनदास चोर” हेर्नुस्, माँ कसम, तपाईलाई लगभग १ घण्टा ४० मिनेट सम्म कुनै बोर लाग्ने छैन, बरु हाँस्दा हाँस्दा थकाई चाहि लाग्न सक्छ है ।

Published on: Bichar Dabali

Saturday, June 14, 2014

महामारीमय विश्वकप

गएको केहि दिन यता विश्वभर एक किसिमको संक्रामक रोगको महामारी छाएको छ । उक्त रोगले केटाकेटी, युवायुवती, बुढाबुढी केहि भनेको छैन । गरिब होस् या धनि, गाउँ होस् या सहर, फुटपाथ देखि मलसम्म, अफिस देखि घर सम्म यहि रोग फैलिएको छ । केहि सामाजिक संजालहरुमा मानिसहरुले यसलाई एक किसिमको खतरनाक ज्वरोको नाम दिएका छन् । हो यसलाई “वल्र्डकप फिवर” अर्थात “विश्वकप ज्वरो” को संज्ञा दिइएको छ । यहि जेठ २९ गतेबाट विश्वभर महामारीको रुप लिएको उक्त ज्वरोको स्रोत ब्राजिलमा भेटिएको छ रे । विज्ञहरुको सुचना अनुसार अहिले ब्राजिल, अर्जेन्टिना, स्पेन, नेदरल्याण्ड, ईटाली, जापन लगायत अन्य ३२ देशका मानिसहरु यो रोगले सिकिस्त भई ब्राजिलको "Sao Paulo" मा रहेको "Itaquerao" नामक स्टेडियममा भर्ना भएका छन् भने नेपाल, भारत लगायत अन्य देशका व्यक्तिहरु आ–आफ्नै घरमा आराम गर्दै ब्राजिलमा भर्ना भएका रोगीहरुको समर्थन गरिरहेका छन् ।


उता विश्वभर “विश्वकप” नामक ज्वरोको संक्रमण उच्च हुँदै गइरहेको अवस्था छ भने यता हाम्रो देश नेपाल, हो हाम्रै देश नेपालमा जण्डिस, हैजा र झाडापखला जस्ता सामान्य रुपमानै रोकथाम गर्न सकिने रोगले महामारीको अवस्था लिइरहेको छ । विराटनगरको जण्डिस होस् या चन्द«निगाहपुरको हैजा÷झाडापखाला या त मकवानपुर, बाजुरा,  लगायतका जिल्लाहरुमा देखिएका पानी जन्य रोगहरुको संक्रमण । विराटनगरको जण्डिसले १२ जना मरे, भने चन्द«निगाहपुरको हैजाले २ जना साथै सयौ, हजारौ बिरामीहरु । यहाँ फैलिएको माहामारीको स्रोत दूषित पानी नै हो भन्ने सबैले थाहा पाईसकेको अवस्था छ । दिनानु दिन बिरामीहरु बढ्दै छन् रे । चन्द«निगाहपुरका बिरामीहरु स्वाथ्य चौकीमा बेड नपाएर विद्यालयको बेन्चमा उपचार गराउँदै छन् रे । यहाँ यी महामारी पीडीतलाई कसले कसरी समर्थन जनाएको छ केहि थाहा छैन । 

“विश्वकप” नामक ज्वरो महामारीको इतिहास हेर्ने हो भने यो हरेक ४÷४ वर्षमा दोहोरीएको पाइन्छ तर यता नेपालको माहामारीलाई हेर्ने हो भने हरेक वर्ष भईरहेको पाइन्छ । के हरेक वर्ष हुने भएकाले नै यसलाई सरोकारवालाहरुले महत्व नदिएका हुन् त ? “विश्वकप” को ज्वरोले ब्राजिलियन र यसका समर्थकहरु जति पहेँलै भएका छन् त्यति नै पहेँलो भएका छन् यहाँ फैलिएको जण्डिसले बिराटनगर बासीहरु । उनीहरुलाई तेत्रो सर्मथन, यीनीहरुलाई खै ? उक्त “विश्वकप ज्वरो” को माहामारी ४ वर्षमा एक पटक आउँछ अनि लगभग १ महिना जति सिकिस्त बनाएर हराएर जान्छ, मान्छेले चाहाँदा चाहाँदै पनि बस्दैन तर हाम्रो देशको महामारी नचाहाँदा नचाहाँदै पनि हरेक वर्ष आउँछ र जाने नामै लिदैन नत सबैले यसलाई सधैको लागी हराउन मिलेर कुनै ठोस पहलनै गरेका छन् । 

विश्वकपलाई सार्थक बनाउन यहाँ धेरै नेपालीले पनि जर्सि किन्नमा पैसा र खेल हेर्नमा निन्द«ाको आहुति दिएका छन्, तर नेपालमा फैलिएको पानीजन्य रोगहरुले नेपालीको स्वास्थ्यमा जुन असर पुर्याएको छ त्यसमा नेपाली भएको नाताले म मेरो व्यक्तिगत तहबाट के गर्न सक्छु भनेर सोच्नेको अभाव भएको छ । यो उसको सरोकारको कुरा हो भन्दै एक अर्कालाई औला देखाउँने काम धेरै भएको छ । त्यसैले यो विश्वकपबाट एकताको कुरा सिकी खानेपानी, सरसफाइ र स्वच्छतामा सबै एकजुट भई लागौं र पानी÷सरफाइजन्य रोगहरुको महामारीबाट बचौं र बचाउँ । 
                                                   
 खानेपानी र सरसफाइ सबैको सरोकार !

धन्यवाद !

Also Published in: Bichar Dabali with few elaboration in conclusion part....

Wednesday, April 23, 2014

Story Behind: exploring myself


Departure time: Destination Rukum to respond Diarrhoea Epidemic
Water, Sanitation and Hygiene (WASH) and Health, wakes up with me every day and are part of my daily life. Every morning, I used to go toilet, wash my hands with soap and be fresh. Then after, I used to drink one glass of safe water and pray with god for my good health and prosperous life. It seems very simple and everyone is doing so but in case of different developing countries, still the word WASH is being complicated and ignored though it is simple and necessary. In previous years, I also used to think that water, sanitation and hygiene does not matter more in our life but when I visited Rukum district on 2009 to respond diarrhoea epidemic which had claimed life of around 300 people, I realized that WASH is very essential in human life. Though, that epidemic claimed many lives, that event help me to understand about importance of WASH and remains as a milestone for me.

It seems like yesterday, but it’s been almost five years that I have started my career in WASH sector. Now, I am working in an international non-governmental organization, a dream organization of mine since 2009. I got opportunity to know more about WASH as well as my strengths was enhanced while I worked in a NGO working in the sector of environmental health.


View of Amppipal
I was born in a rural village of Gorkha district, where I spent first 16 years of my life. During that period I had experienced several things; a village life, experience of being female child, hardship of different facilities and so on. From my childhood, I was always interested on teaching and sharing my knowledge with others but my father wanted me to be a doctor in future. When anyone asked me about my aim, then I used to say teacher, sometimes my father scolded me on answering like that. After securing first division in SLC exam from a government school of Amppipal Gorkha, I joined +2 in science stream as per the suggestions of my teachers and parents. We moved to Gorkha bazzar for my further study and started to live on rented house. That was another pioneer beginning of my life.

I was really unaware about the WASH up to 16 years of my life. During that period, I suffered with diarrhoea and typhoid many times but I was unaware about the real causes of those diseases. Regarding those disease, different people had different views, some said it’s due to cold, some said it’s due to un- reaped fruits.

Since 2010, I am promoting open defecation free movement professionally as well as personally. These days I can hold my poo upto three days and pee for a whole day if I don’t get clean toilet. Life is amazing, it changes with times. In my childhood, several times I had defecated in open place together with my brothers, sisters and friends too.  We had a toilet (pit latrine) in our house but when we were in field for work and out of home we have to defecate in an open place like bush, field and near the river. There was no hesitation to do so because we don’t know the impacts of open defecation and everyone used to do that. 

Painting at School for awareness raising 
These days, I feel uncomfortable to drink water outside the home and my office. I am conscious about its quality and my health. In my childhood days, I used to drink water anywhere if that looks clean. When we were in field for grazing the goats, we used to drink water from small ponds with the help of leaf. Several times we drank water by removing frogs from those ponds. Sometimes we also drank muddy water after settling that. These days I am realizing, those were one of the main causes of bad health of several people at that time.

Since last 3 years, I am carrying hand sanitizer in my bag because I am afraid of not getting soap and water for hand-washing before eating. Though hand-washing with soap was seems common, I used to wash my hands mostly once a day or twice a day in my childhood. At that time, I commonly washed my hands with soap at morning after defecating and in evening after returning from school.



During Menstrual Hygiene Management training to School Adolescent girls
It has been almost 4 years that I became properly familiar with the word “menstrual hygiene.” I am involving in different awareness raising programme related to “menstrual hygiene” with my friends of youth network. Every adolescent girl has to face their menstruation after certain age of their life and I also experienced the same. I was afraid to menstruate due to the rituals because my friends were missing their classes at school. They were not allowed to stay at their home for the first time of their menstruation. In this matter I was lucky because I had my first menstruation during our one month long summer vacation due to which I didn’t miss any of my classes and also I don’t have to left my house for a week because my brother and father were not at home. At that time there was no toilets in our school and we have to use open place for urinating by making a horizontal line of several girls friend together and same in case of boys but there was one toilet for teachers near office room. During the menstruating period, my friends were unable to join me at school because there was no toilet. I was always afraid with that condition but in that case I found myself a very fortunate because I never left my classes due to my period. That was amazing; I experienced my menstruation for the first time when I was in class nine and then it stopped for two years, up to when we moved towards Gorkha bazzar, headquarter of the district, where we found less discrimination in this matter and also there was a toilet in my college.


Facilitating Training to Armed Police Force
After completion of my +2, I have got opportunity to come to Kathmandu, capital city of Nepal to join my bachelor degree. The day when I entered in Kathmandu was next step of my life. I did bachelor degree in public health (BPH) which helped me to increase my public speaking skill and also deepen my knowledge towards public health.  First of all, my degree helped me to enter into the sector of health, then after my capacity and experiences draged me towards NGO and INGO working in the same field. These days, I am advocating for WASH including menstrual hygiene because it’s not only the job from where I can earn money, it’s my own story too and I want to make people free from those pathetic reality and more WASH associated diseases. In addition to that I still need to explore more learning from different part of the world in the field of health as well as WASH and want to share my knowledge and experiences too.


I am enjoying working in the sector of WASH by making health and behavior change as main stream. This is just beginning for me because it’s only five years that I have started my work in this sector. It means just I am starting to walk; this is not enough for me because I have to run in this sector and need to gain more knowledge and experiences. I believe on becoming “jack of all master of one” rather than “jack of all master of none”.

Thursday, April 17, 2014

नमुना सिमजुङ्गका कुरा

सिमजुङ्ग गा.बि.स. गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सानो गा.बि.स. हो जुन गोरखा सदरमुकामबाट लगभग ४५ कि.मि. को दुरीमा रहेको छ । राष्ट्रिय सरसफाइ अभियान र जिल्लास्तरीय सरसफाई अभियानलाई आत्मासाथ गर्दै सिमजुङ्गले पनि आफ्नो अभियानलाई निरन्तरता दिदैआईरहको अवस्था छ ।  यसै सिलसिलामा सिमजुङ्गबासीले यहि २०७० साल मंसिर २८ गतेका दिन आफ्नो गाउँलाई जिल्लाकै १९औं खुला दिसा मुक्त गा.बि.स.को रुपमा स्थापित गर्न सके जुन कुरालाई गा.बि.स. सचिव लगायत गाउँलेहरुले आफ्नो भनाई मार्फत पुष्टि गर्दै थिए भने गाउँ वरिपरि देखिएका विभिन्न बोर्डहरुले पनि त्यसलाई प्रमाणित गरिरहेका थिए । 
नेपालले सन् २०१७ सम्ममा एक घर एक चर्पिको लक्ष्य राखी उक्त अवधिसम्ममा राष्ट्रलाई नै खुला दिसा मुक्त बनाउने अभियानलाई गोरखा जिल्लाले सन् २०१४ सम्ममा जिल्लालाई नै खुला दिसा मुक्त गरी साथ दिने लक्ष्य राखेको छ भने सिमजुङ्गले आफ्नो बाचा केहि महिना अघिनै पुरा गरिसकेको छ ।  

गा.बि.स. सचिवका अनुसार सिमजुङ्ग गा.बि.स. लाई बि.सं.२०५२ सालमा नै जिल्ला बिकास कार्यलयले नमुना गा.बि.स.को रुपमा स्थापित गरेको रहेछ । उक्त बिषयमा सिमजुङ्गका गा.बि.स. सचिब  शेखरनाथ न्यौपानेले आफ्ना कुरा हामीसंग राख्दै भने “नमुना गा.बि.स. भएकोमा हामी अत्यन्तै खुसी थियौ तरपनि के साँच्चै हाम्रो गा.बि.स. नमुना नै छ त भन्ने प्रश्न हामीमा उठिरहन्थ्यो, जसले गर्दा हामीमा अझ धेरै गर्नु बाँकी छ भन्ने कुराको महसुस हुनुका साथै सहयोगी हातहरुको पनि अभाव महसुस हुन्थ्यो ।” उनी अघि थप्छन्  “हाम्रो उक्त अभावलाई द मनोज एसोसिएसन, नेपाल रेडक्रस, नेपाल स्वास्थ्यका लागी पानी (नेवा) लगायतका संस्थाहरुले पुरा गरिदिएका छन् ।” न्यौपानेका अनुसार यी संस्थाहरुले गर्दा गाउँमा सरसफाइ र स्वच्छताको अभियानलाइ तिब्र गतिमा लान निकै सहयोग पुगेको पाईयो । 
सिमजुङ्गबाट सिक्नुपर्ने कुराहरुः

१. खु.दि.मु.क्षे. घोषणा पश्चातः
कतिपय जिल्ला तथा गा.बि.स. हरुले खुला दिसा मुक्त क्षेत्र घोषणा पश्चात सरसफाइको अभियानलाई खासै निरन्तरता नदिएको पाईएको छ । अहिलेको अवस्थामा खुला दिसा मुक्त क्षेत्र (खु.दि.मु.क्षे.) घोषणा मात्र ठुलो कुरा नभई सरसफाइलाई कसरी निरन्तर दिने भन्नका लागी खु.दि.मु.क्षे. घोषणा पश्चातका लागी छुटै रणनितिको आवश्यकता रहेको र उक्त रणनीति गा.बि.स. स्तरीय खानेपानी, सरसफाइ  तथा स्वच्छता समन्वय समितिको अगुवाईमा बनिसकेको कुरा समितिका अध्यक्ष शेखरनाथ न्यौपानेले जानकारी दिनुभयो । जस अन्र्तगत निम्न कुराहरु समावेस गरिएका छन्ः 
  • गाउँमा रहेका खानेपानीका धाराहरुमा मिटर जडान प्रकृया अगाडी बढाउने ।
  • सार्वजनिक शौचालयको प्रयोग र उचित व्यवस्थापनमा जोड दिने ।
  • सरोकार पक्षहरु विच समन्वय कायम राख्ने ।
  • खुला ठाउँमा दिसा गर्नेलाई रु. १०० जरिवाना तिराउने साथै सुचना प्रदान गर्नेलाई रु. ५० पुरस्कार प्रदान गर्ने ।
  • नयाँ घर बनाउनु पूर्व चर्पि अनिवार्य रुपमा बनाउनु पर्ने ।
  • सरसफाई परिचय पत्र लिएर आउनेलाई मात्र प्रशासनिका कायृहरुमा सिफारिस गर्ने ।
  • प्रत्येक विद्यालयको प्राथना सभामा सरसफाइका कुरा अनिवार्य गराउने ।कुनै सार्वजनिक समारोह तथा कार्यक्रम हुने स्थानमा अस्थाइ शौचालय निर्माण गरी प्रयोग गर्ने र प्रयोग पश्चात सुरक्षित रुपमा व्यवस्थापन गर्ने ।
  • हरेक वर्ष विभिन्न कार्यक्रम गरी सरसफाइ सप्ताह मनाउने र उक्त कार्यक्रममा नै सरसफाइमा उत्कृष्ट ३ घर साथै १ समुदायलाई पुरस्कारको व्यवस्था गर्ने ।
  • खोला खोल्सामा फोहोर फाल्न अन्त्य गर्ने ।
  • मरे–सडेगलेका बस्तुहरुको उचित व्यवस्थापन गर्ने ।
  • सामाजिक बधशालाको निर्माण गर्ने ।
  • शौचालयको सरसफाइमा नियमित ध्यान पुर्याउन् भनि नियमित रुपमा एकअर्काको शौचालय अनुगमन गर्ने ।
  • सुरक्षित पानीको सहज व्यवस्थापनको लागी नेवासंग पहल गर्ने । आदी

२. सार्वजनिक शौचालय
शहरी क्षेत्र जहाँ सार्वजनिक शौचालयको अत्याधिक आवश्यकता छ तर पनि ती क्षेत्रहरुमा सार्वजनिक शौचालय कमै भेटिन्छन्, भेटिएपनि प्रयोग योग्य हुँदैनन् तर सिमजुङ्गमा भने ५ वटा सार्वजनिक शौचालयहरु देख्न पाईन्छन्, जसमा २ वटा प्रयोगमा आईसकेका छन् भने ३ वटा बन्दै गरेको अवस्थामा छन् ।
“सबैको घरमा त चर्पि छ तर बाटो हिड्ने मानिसलाई पनि त दिसा पिसाब गर्न मन लाग्छ । यो सार्वजनिक चर्पिले बाटो हिड्नेलाई निकै राम्रो भएको छ । त्यति मात्र कहाँ हो र, हामी आफु घाँस, दाउराका लागी निस्कदा पनि बाटैमा शौचालय भएकोले धेरै सजिलो भएको छ ।”  सिमजुङ्ग–७, गोगनपानी की स्थानीय ईश्वरी गुरुङले खुसी हुदै भनिन् । गुरुङ स्थानीय “सातकन्या महिला समुह” की अध्यक्ष पनि हुन् । उनीहरुकै समुहले वर्षमा रु.१००० दिएर एक जना स्थानीय महिलालाई उक्त सार्वजनिक शौचालयको हेरचाहका लागी खटाउने गरेको गुरुङको भनाई छ ।

३. सरसफाइमा किशोरीहरुको अग्रसरता
आधा आकास ढाकेका महिला, त्यसमाथि जोश र जागरले भरिपूर्ण किशोरीहरु अनि उनीहरुको सरसफाइमा अग्रसरता साँच्चै प्रशंसनिय रहेछ सिमजुङ्गमा । महिला बिकास कार्यलयको सहजिकरणमा “गरिवि विरुद्ध महिला” कार्यक्रम अन्र्तगत “सृजनशिल किशोरी वृत्त” का विभिन्न वार्ड स्तरीय किशोरी समुहहरुले सिमजुङ्ग गा.बि.स. लाई खुला दिसा मुक्त बनाउन जति सहयोग गरे त्यो भन्दा बढी उक्त गा.बि.स. लाई सधै सफा राख्नमा निकै ठुलो भुमिका खेल्दै आएका छन् । उनीहरु प्रत्येक शनिवार ठिक ७ बजे आ–आफ्नो घरबाट कुचो र आवश्यक सामाग्री लिई टोलमा जम्मा भई टोल सरसफाइमा लाग्ने गरेको स्थानीयहरुले बताएका थिए । 
किशोरी भएका घरबाट सबै किशोरी अनिवार्य र नभएका घरबाट अरु कोही एक जना अनिवार्य सरसफाइ कार्यक्रममा उपस्थित हुनुपर्ने यदि नभएमा रु.२० जरिवाना लिने गरेको कुरा चण्डेश्वरी किशोरी समुहकी उपाध्यक्ष १३ वर्षिया आशिका खड्काले जानकारी गराईन् । साप्ताहिक सरसफाइ बाहेक उक्त किशोरी समुहरुले मासिक बचत उठाउने र आय आर्जनमुलक काममा लागानी गदै आएको छ । उत्पति किशोरी समुहकी उमा थापाले गर्व साथ भनिन् “गाउँका लागी केहि गर्ने प्रयास गरेका छौं, त्यति मात्र नभई हामीले गरेको बचत र लगानीले आफूलाई पढ्ने खर्च आफैं पुर्याएका छौं ।”

४. सरसफाइ साथि
खनेपानी र सरसफाइको लागी सिमजुङ्ग गा.बि.स.मा कार्यरत संस्था नेवाले सरसफाइका सारथीहरुको रुपमा २२ जना व्यक्तिहरुलाई तालिम लिएर दक्ष बनाई सरसफाइ साथिको रुपमा स्थापित गरेको छ । सरसफाइ साथिहरुमा प्रत्येक वार्डका स्वास्थ्य स्वयम सेविका, विद्यालयका शिक्षक शिक्षिका, नागरिकसचेतना मञ्चका व्यक्तिहरु रहेका छन् । सरसफाइ साथिहरुले गाउँका विभिन्न ठाउँमा गई मानिसहरुलाई सरसफाइको चेतना फैलाउने र व्यवहार परिवर्तन गर्नमा सहजिकरण गर्दै आएका छन् ।

सरसफाइ सबैको आधाभूत आवश्यकता हो । सिमजुङ्गले उक्त आवश्यकता पुरा गरेको छ । यस गा.बि.स. आफैमा एउटा नमुना गा.बि.स. भएकोले यसलाई अझै नमुना बनाउन सम्बन्धित सरोकारवालाहरु एकजुट भईरहेको अवस्था छ । स्थानीय राजनितिज्ञहरु लगायत गाउँका अगुवा व्यक्तित्वहरु गाउँका जनशक्तिहरु विदेशीने क्रम तिव्र रहेकोले यसलाई रोक्न आफ्नै गाउँमा रोजगारीको सृजना गर्ने हिसाबले विभिन्न किसिमका फलफूल, तरकारी, मौरी पालन लगायत अन्य नगदेबालीहरुको परिक्षण खेतिमा जुटिरहेका छन् । गा.बि.स. सचिव भन्छन् “प्रत्येक वडालाई फरक व्यवसायको नाम दिने तयारीमा जुटेका छौं हामी सिमजुङ्गबासी ।” उनी थप्छन् “सपना देख्नुपर्छ अवश्य पुरा हुन्छ ।” आशा छ सिमजुङ्गबासीको सपना छिटै पुरा होस्, अनि यसरीनै नेपालका प्रत्येक गा.बि.स.ले सरसफाइमा मात्र नभई प्रत्येक क्षेत्रमा आफुलाई नमुनाको रुपमन प्रस्तुत गर्न सकोस् ।

लेखनः 
कमला के.सी. 
वाटरएड नेपाल 
Published on:
1. Commandar Post Daily on 17th April 2014
2. Daraudi Daily on 22nd April 2014

Monday, November 18, 2013

“चर्पि र चुनाव”...विश्व चर्पि दिवस विशेष

भन्छन् “Politics is as necessary as Toilet” संयोग पनि उस्तै परेको छ । भोलि मंसिर ४ गते नेपाल मा संविधान सभाको चुनाव हुदैछ, कसलाई भोट दिने, कसले जित्ला जस्ता कुराहरु आजकाल जनबोलि बनेको छ, बच्चा देखि बृद्ध सम्म सबैको चासोको विषय बनेको छ  । त्यसैगरि भोलि November 19, विश्व चर्पि दिबस, संविधान सभाको चुनाव जति प्रचार प्रसार र जनचासोको विषय नबनेपनि यसको आफ्नै महत्व छ, विश्वभरका बिकास निर्माण साथै खानेपानी तथा सरसफाइमा काम गर्ने संघ संस्थाहरुले यसलाई महत्वका साथ मनाउन गईरहेका छन् ।

आजसम्म पनि नेपालका ४० प्रतिशत भन्दा बढी घरधुरीमा चर्पि छैन र आधा भन्दा बढी जनसंख्या आजपनि खुला ठाउँमा हग्दैछन् । कुरा नेपालको मात्र हैन, आज सम्म पनि विश्वका साढे २ अर्व (२.५ विलियन) भन्दा बढी मानिसहरु  सफा र स्वस्थ व्यक्तिगत चर्पिको पहुचबाट बन्चित छन् । नेपाल लगाएत कयौ बिकासोन्मुख देशका मानिसहरु चर्पि नभएकै कारण विभिन्न किसिमका पानी र सरसफाइजन्य रोगहरुको सिकार भई अकालमा ज्यान गुमाईरहेका छन् । यिनै कुरालाई मध्य नजर गदै र सरसफाइलाई मानव जीवनको आधारभूत आवश्यकताको रुपमा पैरवि गदै विभिन्न कार्यक्रमहरुको आयोजना गरि सन् २००१ देखि विश्व चर्पि दिबस मनाइदै आएकोे पाईन्छ ।

अब फेरि कुरा जोडौ नेपालको संविधान सभा चुनावकै, संविधान बनाउलान् र देशमा शान्ति र अमनचैन छाउला भन्ने आशले सम्पूर्ण देशबासीहरु भोट हाल्न आतुर छन् । त्यसरीनै नेपाल सरकार तगायत अन्य सरोकारवाला संघ संस्थाहरु पनि सन् २०१७ सम्ममा नेपालमा एक घर एक चर्पि होस् भन्ने कुरामा आतुर छन् । यसपालिको संविधान सभाको चुनावमा चुनिएका व्यक्ति र राजनितिक पार्टीहरुले संविधान बनाउलान् नबनाउलान् (आशा गरौ बन्नेछ) तर तपाई भने आफ्नो घरमा चर्पि अवश्य बनाउनुहोला साथै बनाईसक्नु भएको छ भने त्यसलाई प्रयोग संगै सफा पनि राख्नुहोला, साथै जसरी चुनावमा आफ्नो पार्टीलाई भोट हाल्न आग्रह गर्यौ त्यसरी नै हाम्रा छिमेकी, आफन्त तगायत सम्पूर्णलाई चर्पि बनाई चर्पिमा नै दिसापिसाब गर्न आग्रह गरौ । भोलिको चुनाव पश्चात संविधान बनाउने जिम्मेवारी नेता र दललाई दिदै आफ्नो घरमा चर्पि बनाउने साथै छिमेकी र आफ्न्तलाई चर्पि बनाउन आग्रह गर्ने जिम्मा हामी सम्पूर्णले लिदै राष्ट्रिय लक्ष्लाई हाँसिल गर्न लागी परौ । 

याद गरौ, संविधान नबन्दा सम्पूर्णले नेता र दलहरुलाई गाली गरे जस्तै घरमा चर्पि नबन्दा र बाटो छेऊमा दिसा गर्दा र गर्नुपर्दा बाटेमा हिड्ने हरेक बटुबाले बाटो हगुवा भन्दै गालि गरेको सुन्नु पर्नेछ, घरका बालबच्चा, छोराछोरी, बिरामी, अशक्त, गर्भवति महिला आदीले पनि घरको जिम्मेवार व्यक्ति भएर पनि जिम्मेवारी वहन नगरेकोमा गालि गर्नेछन् । त्यसैले गाली हैन ताली पाउने काम गरौ, चर्पि बनाऊ साथै विभिन्न किसिमका रोगहरुलाई कम गराऊ र महामारी भगाऊ । चर्पि दिबसको शुभकामना !!! धन्यवाद चर्पि !!! :)

Sunday, July 29, 2012

GDP for GDP | WSSCC

The new Global WASH Campaign is here: Good Dignity Practices for Gross Domestic Product (GDP for GDP).


The Global WASH Campaign, initiated by WSSCC in 2001, is a global advocacy movement around safe water, sanitation and hygiene. A new set of materials has been developed, themed GDP for GDP, focusing on the economic benefits to be gained from investing in sanitation while also stressing human dignity.

Wednesday, July 4, 2012

Tacit…personal thought


Satisfaction is the barrier of success” just remembered the answer given by one of my friend almost 3 years ago on debate among them “success or satisfaction?” when I just listening them and tried to internalize with full of silence, later on agreed but not satisfied which results started to think more. People’s busyness is fallouts of the race competition towards achieving success which creates pressure on mind, stress, jealousy and earns maladies, opponent, fear, frustration etcetera.

In search of inner peace and peaceful mind people are walking hither and thither without the stop in confusion. Satisfaction creates inner peace which I believe, satisfaction become with good results and outcomes for which we need creativity, smartness and good environment to execute. Creativity comes from idea and idea comes from knowledge, good learning and working environment which indicates some level of freedom, nourish them.

A type of wonderings is there in mind while talking about freedom those who have power, oblivious about that “freedom is not free”. Bountiful freedom means conviction which results honesty, motivation, willingness and finally good results.