Monday, April 12, 2021

बर्ष सँगै समाज फेरियोस्...२०७८ साल को शुभकामना !!!

बर्षहरु धेरै फेरिए तर हाम्रो समाज फेरिएको छैन। छोरीहरुलाइ हेर्ने नजर फेरिएको छैन । छोरा नै सर्वेसर्वा भन्ने सोच फेरिएको छैन । पुरुषबादी परम्परा फेरिएको छैन । एउटा महिलाले अर्को महिलालाई गर्ने व्यबहार फेरिएको छैन । आफ्नो कर्तव्य भाडमा जावोस तर अधिकार खोज्ने निर्लज्ज बुद्धि फेरिएको छैन । 

२०७८ साल ले केही मात्रामा भए पनि हाम्रो समाजलाइ फेर्न सकोस । छोरीहरुलाई बलियो बनाउन सकोस । छोराको हैन सन्तानको महत्त्व बुझाओस । एक महिलाले अर्को महिलालाई सधै साथ र सम्मान दियोस । अधिकार खोज्नेहरुले अधिकार खोज्नु पूर्व कर्तब्य पनि पुरा गर्नु पर्छ भन्ने सिकाओस् 

शुभकामना ती सबै हजुरबुबा-हजुरआमाहरुलाइ जसले नाति र नातिनिलाइ समान व्यबहार गरोस । शुभकामना ती सबै बा-आमाहरुलाइ जसले छोरा र छोरीलाइ समान अवसर र अधिकार प्रदान गरोस । शुभकामना ती हरेक काका-काकी/ठुलोबा-ठुलोआमा/फुपुहरु जसले भतीजा-भतीजी/भदा-भदीनी लाई एउटै व्यबहार गरोस । सुभकामना ती हरेक दाजु-भाउजू/ दिदिबहिनीहरुलाइ जसले आफ्नो अधिकार खोज्ने मात्र हैन कर्तव्य पनि पूरा गरोस । 

भन्नू, गर्नु र हुनु मा धेरै अन्तर छन । त्यसैले यो २०७८ सालमा सबैले कुनै पनि कुरा अरुलाइ भन्नू र सिकाउनु भन्दा पनि पहिले आफैले जानौ, बुझौं र आफ्नै घरमा लागू गरौँ । अरुको दु:ख्: र पीडामा हास्ने हैन आफुलाइ उसको ठाउमा राखेर बाँच्न सिकाओस् ।  २०७८ साल ले बर्ष फेर्ने मात्र हैन हाम्रो समाजलाइ पनि फेर्न सकोस् । सबैलाइ खुशी र स्वस्थ् बनाओस् । २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।