Thursday, March 10, 2022

मनसिकता कि सत्यता ?

यहाँ लेखिएका कुनै पनि कुरा काल्पनिक हैनन । त्यसैले पढ्दै गर्दा कहि कतै सुने सुने, भोगे भोगे जस्तो लाग्न सक्छ ।
ए, तिमिलाइ वाकवाकी लागेन?, छोरा हुन सक्छ ।
साच्चै, अमिलो पिरो खान मन लागेन?, छोरा छ । कस्तो ६ महिनासम्म पनि पेट नदेखिएको? छोरा नै हो ।बच्चा एक्दमै चल्छ? त्यसो भएत छोरा नै हुनुपर्छ ।उसले त निलो लुगामा फोटो खिचिछ, पक्कै छोरा छ । ओहो सपनामा फलफूल देखेको? त्यसो त छोरै हो ।

आदि इत्यादि सुन्दै मेरो ९ महिना बित्यो, अनि छोरी जन्मिइ । ल बधाइ छ, तर छोरि त कस्तो छोरा जस्तै रहिछिन ।
ए छोरी हो? म त छोरा सोचेको ।
बच्चाको लागि सामान किन्न गयो , खालि गुलाबि कि त निलो रङ्ग । निलो नै लैजौनु पर्यो भनि छान्यो, प्रश्न आउछ, छोरा हो?
उसको कपालले आखा छोप्यो भनि काटिदियौ । हिड्न सजिलो होस भनि पाइन्ट/टिसर्ट लागैदियौ ।चप्पल भन्दा जुत्ता सजिलो होला भनि जुत्ता रोज्यौ ।बाटोमा हिड्दा मान्छेहरु भन्छन, कति राम्रो बाबु । ओहो उसलाइ त कस्तो गाडि, भकुन्डो अनि प्लेन हरु मन पर्ने रहेछ । छोरा जस्तै है ?
यि सबै कुराहरु सुन्दै र भोग्दै गर्दा अचम्म लाग्छ । किन, कसले र कहिले देखि यसरि स-साना कुराहरुमा बिभेद ल्यायो ?
पुरातन बादि सोच भनु भने, गुलाबि र निलोको प्रचलन म सानो छदा त सुनेकै/देखेकै/भोगेकै थिइन ।बच्चामा त हामि दाजुभाइ सङ पनि भाडाकुडि खेल्ने गर्थ्यौ । तर, अहिले भाडाकुडि खेल्ने खेलौना किन छोरिलाइ मात्र दिएका?

बच्चा त बच्चा हो हजुर, उसलाई बच्चा जसरि नै व्यबहार गरौ । छोरा होस या छोरी, उसलाई सबै कुरा को अनुभव गराउ ।
रङ्गहरु त रङ्ग नै हो हजुर, उसलाई छोरा/छोरी या केटा/केटी को पहिचान नबनाउ । सन्तान त सन्तान नै हो नि हजुर; त छोरा, त छोरी, तैले यो गर्नु पर्छ, तैले यो गर्नु हुन्न भन्ने कुराहरु उसमाथि नलादौ । परिवर्तन समाजले ल्याओस भन्ने हैन हजुर, सुरुवात आफै बाट गरौ ।किनकि, तापाइ हामि मिलेर नै त समाज बन्ने हो । कि कसो हजुर?

#HappyInternationalWomensDay2022 #BreaktheBias #IWD2022