Note @ Facebook

मनमा लागेको कुरा

किताब पढ्न रुचाउने तर प्राय मोटा भन्दा पनि छोटा किताबहरुले तानिने मान्छेहरुमा पर्छु म । तिनै छोटा किताब मध्ये एउटा “खलंगामा हमला” केहि समय पहिले किनेर राखेको थिए । जुम्ला पुगेपछि खलंगा र यसका आसपास संगै राधा दिदी संग पनि छोटै समयको लागी भएपनि नजिकिने मौका पाएकी थिए । हिजो “जुम्ला बाट ल्याएका कुम्ला” अर्थात तथ्याङ्कहरुलाई हेर्दै गर्दा मलाई “खलंगामा हमला” किताबको याद आयो र निकालेर पढ्न थाले । किताब सानो छ पढ्दा छिटै सकिन्छ पनि । “ठूलो कुरा सानो प्याकेटमा” भनेजस्तो गरी यो किताबले दुइवटा ठूला कुरालाई हामी माझ राखिदिएको मैले पाए । एउटा सिंगो राष्ट्रले भोगेर आएको पिडाको दर्दनाहक अंश र अर्को एक प्रेरणदायी नेपाली छोरीको लक्ष्य र लक्ष्य प्राप्तिका निम्ति लम्किएका साहासी पाइलाहरुले तय गरेको यात्रा । 

घाउ लाग्दा विचरा भनेर सहानुभूती दिने धेरै भेटिन्छन् तर साच्चै नै मलम पट्टि गर्ने कम नै हुन्छन् । तिनै कम व्यक्तिहरुमा एक राधा दिदी लाई पाए मैले । उहाँको सपना अनि सपना प्रप्तिको ईच्छा शक्ति र लगनशिलताले म साँच्चैनै लोभिएको छु साथै जिन्दगीमा साँच्चैको मान्छे बनेर बाँच्ने मेरो ईच्छामा केहि हौसला थपिएको महशुस भएको छ ।

Note @ Facebook

No comments:

Post a Comment