Tuesday, October 2, 2018

सुन सँग चोरिएका सुनौला भावना

सुनमा मलाई कहिल्यै ईच्छा जागेन तर हाम्रो परम्परा र रितिरिवाजमा अरु बेला नलगाएपनि  बिहेको बेला लगाउनै पर्ने केही बिशेष गहनाहरु; मंगलसुत्र, कानमा लगाउने झुम्का, औठि, तिलहरि जस्ता कुराहरु कोही किनिएका थिए त कोही नयाँ बेहुलिको मुख हेर्न आउने आफ्न्तहरुले उपहार स्वरुप दिएका । बिबहाको दिन त्यो पनि लगनको बेला बेहुलाले बेहुलि लाइ लगाइदिएको मङलसुत्र सङ एउटी बेहुलिको भावना कति सम्म जोडिएको हुन्छ भन्ने त त्यो बेहुलिले मात्र महसुस् गर्न सक्छे ।

यसै त किम्ति मानिने सुन् त्यस माथि भावना अनि सम्बन्धहरु गासिएका भर्खर् १ बर्स पुगेको । जम्मा जम्मि ४ पटक लागए होला, रहर् पनि नपुगेका कुरा हरु छर्लङ उज्यालो दिन त्यो पनि मध्यान्नको १२ / १ बजे को समयमा राजधानिको जावालाखेल् जस्तो ठाउबाट् चाबि फुटाएर चोरेर लगेपछि त्यसको पिडा कस्तो हुन्छ भनि सायदै कसैले अन्दाज लगाउन सक्ला । चोरीएका समानहरुको मुल्य निर्धारण गर्दा ३/४ लाखमा देखिएपनि त्यो सङ जोडिएका मेरा भावनाहरु करोडौ तिर्दा पनि किन्न नसकिने थिए ।
चोरीएकै हो भन्ने आफुमा पुष्ट हुने बित्तिक कै १०० मा फोन गरे । फोन सानेपा प्रहरि कार्यालयको महिला प्रहरिले उठाउनु भयो र खबर गरेको १० मिनेटमा महिला प्रहरिको अगुवाइमा सानेपा प्रहरि म बस्दै गरेको घरमा पुगे । येसो यताउता हेरे, घटनाको बारे सोधपुछ गरे अनि गए । त्यहि टोलिको निर्देशनमा करिब् १५ मिनेट जतिमा अपराध अनुसन्धानका टोलि जावालाखेल् प्रहरि कार्यलयबाट् आइ कागजातहरु सम्बन्धि कामहरु गरि मुचुल्का उठाइवरि भोलि बिहान कार्यलय समयमा आइ निवेदन् जारि गर्न सल्लाह् दिए । यि सबै गतिबिधि सकिदा रातको लगभग ९ बज्न लागेको थियो । यि सबै प्रकृया देख्दा मलाइ नेपाल् प्रहरि प्रति साच्चैनै गर्व महसुस भयो ।

मेरो साधारण बुझाईले हेर्दा चोर वरीपरी सबैकुरा थाहा भइ राखेकै मान्छे हुनुपर्छ जस्तो लाग्छ । त्यसैले मनमा आशा लागेको थियो मैले अधिकारिक रुपमा लिखित निबेदन दिएपछि प्रहरिको टोलिले म बस्ने घरको छिमेकका  मानिसहरुलाइ पनि यो घटना को बारे सोधपुछ गर्ने छ । केहि जानकारि आए धेरै राम्रो न आएपनि कम्तिमा मा सबै सचेत् हुनेछन् र भबिस्य मा यो बस्ति वरिपरि यस्ता घट्ना दोहोरिने छैनन् भन्ने लागेको थियो । तर मेरो आशा अनि भरोसा को पनि चोरि भयो । "ल निबेदन् लेख्नुस् अनि फलानो नम्बरको कोठामामा छोडिदिनुस् ।" जब सक्कल् निबेदनको प्रति ति जवानले लिए तब आफ्नो सहकर्मि लाइ भने " ए भाइ ल यो निबेदन् फलनो फाइलमा राखिदे" अनि म तिर हेरि भने "अब तपाइ जान सक्नु हुन्छ ।"  त्यो भनाइले मेरा आशा अनि भरोसा हरु  नभेटिने गरी  प्रहरि कार्यलय भित्रै चोरि भए । त्यहि पनि केहि झिनो आशा लिइ सोधे  " केहि होला कि नहोला?" केहि झर्किलो आवाजमा मेरो जिग्यासाको उत्तर आयो "तपाइ कुरालाइ चाहि सकारात्मक लिनुस्" ।

हुन त दैनिक करोडौको चोरि जफतिको घटना दर्ता हुने प्रहरि कार्यलय अनि दैनिक् यस्ता घटनाहरु देख्दै आएका प्रहरिहरुको लागि मेरो चोरि भएका सामानको मुल्य कम् लाग्नु स्वभाबिकनै हो । तर मेरो लागि त्यो सुनको मुल्य भन्दा पनि त्यो सङ जोडिएका मेरा सुनौला भावनाहरु कति बहुमुल्य छन् भन्ने कुरा न मैले उनिहरुलाइ बुझाउन सके न त उनिहरु (चोर् पुलिस् दुबैले) नै बुझ्न सके । 

यती का बाबजुत पनि नेपाल प्रहरिका अनुसन्धान टोलिले सुक्ष्म तवरमा अनुसन्धान गरी सम्बन्धित अपराधीहरुलाइ पक्राउ गर्न सक्षम छन् भन्ने झिनो आशा र भरोसा अझै बाकि नै छ ।

2 comments: