विश्व अहिले २१ औ शताब्दिमा दौडिरहेको कुरा हामी सबैलाई अबगतै छ र यसले मानिसको जीवनमा ठुलो परिर्वतन ल्याएको कुरा नकार्न सकिन्न । यसरी मान्छेहरु चन्द«मा मा पुगिसकेको युगमा आएर हात धुनु पर्छ भनेर सिकाउनको लागी हात धुने दिवस मनाउनु भनेको धेरैलाई व्यर्थ जस्तो लाग्न सक्छ । “आफ्नो हात धुन पनि अरुले सिकाउनु पर्छ” भनेर भन्नेहरु हाम्रो नेपाली समाजमा धेरै भेटिन्छन् र यसो भन्नु ठिकै पनि हो किनकि हाम्रो कुनै पनि धर्म शास्त्र यस्तो नहोला जहाँ हरेक कर्म गर्नु अघि हात धुने कुरा र व्यक्तिगत सरसफाईका कुरा उल्लेख नगरिएको होस् तर त्यसमा हात धुनुको महत्वलाई चोखो हुने र हात धुने हैन कि मात्र हात भिजाउने संग जोडियो ।
वास्तबिकता हेर्ने हो भने हात धुनु पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ र व्यवहारमा लागु गरेका पनि छौ तर हामी प्रायले हात धुने हैन भिजाउने काम गरिरहेका छौ । हात पानीेले मात्र धुनु अर्थात हात भिजाएर मात्र केहि फाईदा छैन तर यदि हामीले राम्रो संग साबन पानीले मिचिमिचि हात मात्र धुने हो भनेपनि ४५ प्रतिशत झाडापखला जन्य रोगबाट बच्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ । यति मात्र हैन साबुन पानीले राम्रो संग हात धोएमा श्वासप्रश्वास लगाएतका बिभिन्न रोगबाट समेत बच्न सकिन्छ । यो अत्यन्त प्रभावकारी, सजिलो तथा धोरै लागतमा स्वस्थ हुन सकिने एउटा राम्रो उपया हो । बालबालिका, युवायुवति, वयश्क तथा बुढाबुढी सबैले साबुन पानीले नै अनिवार्य रुपमा हात धुने सम्बन्धमा सबैको व्यबहारमा सकारात्मक परिवर्तन ल्याउनु आजको टड्कारो आवश्यकता रहेको छ । विभिन्न तथ्याङ्कलाई हेर्दा साबुन पानीले हात धुने कुरा बाल तथा शिशु मृत्युदर, नवजात शिशु मृत्युदर, झाडापखलाको बिरामी मृत्युदर तथा श्वाशप्रश्वास सम्बन्धि बिरामी मृत्युदर घटाउनका लागी एउटा अत्यन्त प्रभावकारी उपया रहेको पाईन्छ ।

खाना खानु भन्दा अघि, चर्पि गएर आएपछि, खाना बनाउनु भन्दा अघि, बच्चालाई खुवाउनु भन्दा अघि, फोहोर कुरा छोएपछि, बच्चाको दिसा सफा गरेपछि साबुन पानीले मिचिमिचि कम्तिमा पनि २० सेकेण्ड सम्म हात धुनैपर्ने हुन्छ । हात भन्ने कुरा एकदिन मात्र धोएर स्वस्थ भईने हैन त्यसैले “मात्र हैन एकदिन, हात धोऔ दिनैदिन” भन्ने नारालाई मनन् गर्दै प्रत्येक दिन साबुन पानीले हात धुने गरेमा हामीले स्वस्थ जीवन जीउन सक्छौ ।
यीनै कुरालाईलाई सम्पूर्ण जनता सामु पुर्याई व्यबहार परिवर्तन गर्ने र बिभिन्न किसिमका सरसफाईको कमिले गर्दा लाग्ने रोगहरुबाट हुने मृत्युदरलाई कम गर्नको लागी विभिन्न किसिमका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संग संस्था, नेपाल सरकार लगाएतले विभिन्न किसिमका कार्यक्रमहरु गरेर २०६८ सालको धुने दिबसलाई भब्यताका साथ मनाएका छन् जुन एमदमै राम्रो कुरा हो र यसलाई हामी सबैले आफ्नो व्यवहारमा लागु गर्नु पर्छ र मात्र अक्टुवर १५ लाई मात्र नभई हरेक दिनलाई नै हात धुने दिबसको रुपमा लिनु आवश्यक छ किनकी हाम्रो स्वास्थ्य भनेको हाम्रै हातमा हुन्छ र सफा हातले जीवन बचाउँछ ।
(published on 17th October 2011 Daraudi Dainiki )
ho ho kamala ji kura hahi ra sandarvik cha
ReplyDelete