Wednesday, July 4, 2012

Tacit…personal thought


Satisfaction is the barrier of success” just remembered the answer given by one of my friend almost 3 years ago on debate among them “success or satisfaction?” when I just listening them and tried to internalize with full of silence, later on agreed but not satisfied which results started to think more. People’s busyness is fallouts of the race competition towards achieving success which creates pressure on mind, stress, jealousy and earns maladies, opponent, fear, frustration etcetera.

In search of inner peace and peaceful mind people are walking hither and thither without the stop in confusion. Satisfaction creates inner peace which I believe, satisfaction become with good results and outcomes for which we need creativity, smartness and good environment to execute. Creativity comes from idea and idea comes from knowledge, good learning and working environment which indicates some level of freedom, nourish them.

A type of wonderings is there in mind while talking about freedom those who have power, oblivious about that “freedom is not free”. Bountiful freedom means conviction which results honesty, motivation, willingness and finally good results.

Tuesday, April 17, 2012

समिक्षा २०६८– मुख्य सिकाईहरु...


“तिम्रो खुसीको क्षण कुन हो ?, तिम्रो सिकाईको स्रोत के हो ? ” आदी इत्यादी प्रश्नहरु जब म संग सोधिन्छ तब मेरो उत्तर प्राय एउटै हुने गर्दछ त्यो हो– “म प्राय खुसी नै रहन्छु तर भन्नै पर्दा म बिहानको सुर्योदय जसले केहि गर्नको निम्ति भनि एउटा सुनौलो दिनको सुरुवात गरिदिन्छ र बेलुकीको सुर्यास्त जसले आराम गर्ने अनि भोलिको लागी नयाँ कुराको योजना तयार पार्ने समयको आभास गरिदिन्छ त्यो नै मेरो खुसीको क्षण हो र म प्रत्येक व्यक्ति र हरेक क्रियाकलापबाट कुराहरु सिकिरहेको हुन्छु ।”

सिकाइकै क्रममा २०६८ सालले पनि नेटो काट्नै लाग्दा दिमागमा “मैले यो सालमा के कुराहरु सिके त ?” भन्ने प्रश्नले मलाई २०६८ सालको समिक्षा तर्फ डोर्यायो । कुरा केहि दिन अगाडी देखिको हो, नयाँ वर्ष २०६९ लाई स्वागत गर्दै गर्दा मेरो मनमा “यो सालमा के काम गरे त” भन्ने जस्ता धेरै कुराहरु खेलिरहेका थिए जब मैले घरमा दाईले किनेर ल्याउनु भएको साप्ताहिक पत्रिका पढ्न भनि समाते तब पहिलो पेजमा नै राम्रो कुरा देखे “संसारलाई उज्यालो दिनु छ भने पहिले आफु दिपक बन्नु पर्दछ” यो त्यहि कुरा हो जसले मेरो “मैले के गरे” भन्ने सोचाईलाई “मैले के सिके” भन्नेमा परिवर्तन गरिदियो किनकि मलाई लाग्यो केहि गर्न त पहिले केहि सिक्नु पर्छ, बिना सिकाई केहि गरिन्न र बिना गराई केहि सिकिन्न ।

“कि पढेर जानिन्छ कि त परेर र गरेर” भन्ने हाम्रो प्रचलित नेपाली उखान हो । यसैलाई आधार मान्ने हो भने मैले अहिले सम्मको जीवन यात्रामा परेर र गरेर भन्दा पनि पढेर धेरै सिकेको रहेछु तर २०६८ सालमा भने पढेर भन्दा पनि परेर र गरेर धेरै सिक्ने अवसर पाएछु । कामको सिलसिलामा धेरै प्रकारका क्षमता र सोचाई भएका मानिसहरु संग भेट्ने र संगत गर्ने अवसर पाए जसबाट मैले धेरै कुराहरु सिके त्यो भन्दा पनी बढि मेरा साथिहरु साथै अग्रजहरु जो संग म एकदमै नजिक भएर काम गर्न पाए उहाँहरु संग सिके । यहि दौरानमा केहि जीवनका भोगाइहरु र जागिरे क्षेत्रको काम गराईहरुलाई केहि नजिकबाट नियाल्ने मौका पनि पाए । काम गर्ने भन्दा पनि गर्नको लागी गरिदिने विचारधाराका मानिसहरु पनि धेरै भेटिए तर म जहिले पनि आफुलाई काम गर्ने मानिसहरुको भिडतर्फ नै तान्न खोजे (सधै तानिने प्रयास गर्ने छु) । कामको साथ साथै यो वर्षमा विभिन्न किसिमका तालिमहरु पनि लिने अवसर पाएछु, विश्लेषण गरी हेर्दा अहिले सम्मकै धेरै तालिमहरु २०६८ सालमा लिएको पाए त्यसैले मैले यो साललाई आफ्नो लागी “तालिमहरुको वर्ष” (year of the training) भनेर घोषणा गरे ।
यो लेखको सुरुवात देखि नै मैले धेरै कुराहरु सिके मात्र भनिरहे तर वास्तबमा नै कुराहरु चाही के सिके त भन्ने कुराको खुलदुलि सबैलाई हुन्छ तलका केहि बुदाँहरुबाट त्यो खुलदुलि मेटाउने प्रयास गर्दैछु ।

मेरा मुख्य सिकाईहरुः
“सधै खुसी रहनु”–हामी सोच्छौ खुसि हुनलाई ठुलै उपलब्धि हासिल गर्नुपर्छ तर त्यसो हैन रहेछ स–साना कुरा जस्तै बच्चा हाँसेको÷खेलेको, फूल फुलेको, घाम उदाएको, चराहरु उडेको आदी इत्यादी,
 सबै व्यक्ति (चाहे त्यो साने बच्चा किन नहोस्), काम वा कुराहरुवाट सिक्न सकिन्छ र सिक्नु पर्दछ,
सबैको भावना र विचारहरुलाई कदर गर्न र उसको कामलाई सम्मान गर्न कहिल्यै विर्सनु हुँदैन किनकि यो संसारमा सबैको आ–आफ्नै महत्व छ ।
सबैलाई मधुर मुस्कानमा साथ धन्यवाद र गल्ति भएमा माफी भन्नलाई लोभ नगरौ किनकि यहि एउटा शब्दले कसैको अनुहारमा हाँसो छाउछ भने यसमा कन्जुस्याई किन,
अनुकुल समय पाएमा आफ्नो प्रतिभम, क्षमता र गुण प्रर्दशन गर्न कहिल्यै नभुल्नु जसले आफुमा सुधार ल्याउछ र आत्माविश्वास बढाउदछ,
आफुले जानेको कुरा सकेसम्म अरुलाई पनि सिकाउनु वा छलफल गर्नु,
कुराहरुलाई विभिन्न कोणहरुबाट हेर्नु र विश्लेषण गर्नु जसले धेरै उपयाहरु पत्ता लगाउन मद्घत गर्छ,
सधै सबैको कुराहरुमा हुन्छ नभन्नु, आफ्नो योजनालाई प्रथमिकता दिनु,
ऋाफुलाई हरेक कुरामा वादविवाद गर्न सक्ने गरी बिकास गर्नु, आदी इत्यादी ।

यी त भए मेरा सिकाईहरु (कतिपय कुराहरु तपाईहरु लाई उचित नलाग्न पनि सक्छ) । सिकाई तब मात्र पुर्ण हुन्छ जब हामी त्यसलाई व्यवहारमा लागु गर्छौ, त्यस्तै यी माथिका मेरा सिकाईहरु जुन मैले काम गराईको सिलसिलामा साथै केहि पुस्तक पढेर त केहि तालिमबाट सिके तिनिहरु कतिपय मैले आफ्नो व्यवहारमा लागु गरे, कति गर्दैछु र कति गर्नेछु ।
यी सबै त सिकाईको एउटा सानो सुरुवात मात्र हो, मैले अरुलाई कति कुरा दिन वा सिकाउन सके त्यो त उहाँहरुलाई नै थाहा होला तर मैले भने सबैबाट धेरै कुरा सिकेको छु आशा छ मेरा यी २०६८ सालका सिकाईहरुले केहि मात्रामा भएपनि मलाई दिपक बनाउन सहयोग गरेको छ र मधुरै भएपनि संसारलाई उज्यालो दिन थाल्नेछु र तपाईहरुले पनि संसारलाई उज्यालो छर्नुहुनेछ भन्ने आत्माविश्वासका साथ नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना ! :)

Thursday, April 12, 2012

नयाँ वर्षको शुभकामना !



२०६८ सालको विदाई संगै बसन्त आज ऋतु छाएको छ,

हरिया, कलिला मुना अनि फुलसंगै नयाँ वर्ष आएको छ । 



दुःख, पीडा बिर्सिएर सबै फूल जस्तै मुस्कुराउनु सधै,

चरिले पनि चिरबिर गर्दै शुभकामनाको गीत गाएको छ ।




मनमा शान्ति, ओठमा हाँसो अनि शरीरमा उमगं मिलोस्,

यहि सबैलाई २०६९ सालको शुभकामना दिन मन लाएको छ ।

Thursday, March 15, 2012

पानी वर्षा


मार्च महिना, जसलाई हामी पानी, स्वास्थ्य र सरसफाइमा काम गर्नेहरु पानीको महिना भनेर भन्ने गछौं । सधै झै यसपालि पनि मार्च महिनाको आरम्भ हुनासाथ “विश्व पानी दिबस” को अवसरमा के कस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्दै सरोकारवालाहरु तयारीमा जुट्न थाल्दा मैले पनि यसको लागी के गर्न सकिएला भनेर सोच्दै थिए दिमागमा “पानी वर्षा” भन्ने शब्द फुर्यो र साथिहरुलाई सुनाए पनि । शब्द त फुर्यो तर गर्ने के ? धेरै सोचे तर अहँ दिमाग मरे चलेन त्यसपछि यो कुरालाई छोडेर यसो ईन्टरनेटमा यसपालिको “विश्व पानी दिबस” को नारा के रहेछ भनि खाज्न थाले अनि थाहा पाए यसमा त “पानी र खाद्य सुरक्षा” भन्ने मुल नारालाई जोड दिएको रहेछ । पर्यो फसाद, पानी वर्षा कसरी गराउने ?  
ईन्टरनेटको बटन तल सादै जादाँ हामीले खाने हरेक कुरामा कति मात्रामा पानी हुन्छ, भनि पानी र खाद्यनको सम्बन्धलाई राम्रो संग प्रष्ट्याईएको छोटो भिडियो हेर्न पाए जसले मेरो दिमागमा अर्को झिल्को बाल्न मद्धत गर्यो र “पानी वर्षा” मोडियो “पानी गित” तर्फ ।

“पानी बिनाको माछा” को सबैले चर्चा गर्छन । सायद यहि कुराबाट प्रभावित भएर हो कि क्या हो यसपालीको “विश्व पानी दिबस” मा पानी बिनाको खाद्यन्नको कुरा आयो । म पनि के कम, पानी र गितको सम्बन्ध हेर्छु भनेर लागीपरे र पानीलाई लिएर बनाईएका गितहरु कुन कुन रहेछन् भनेर घोत्लिन थाले अनि कापि र कलम लिएर दिमागमा आएका सम्पूर्ण गीतहरुलाई टिप्दै गए । यसरी यु–टुव लगाएतका अन्य वेवसाइटहरुको सहयोग बिना ३७ वटा गीतहरुलाई मैले आफ्नो कापिमा टिपे जुन यस प्रकार छन्;

असारे महिनामा पानी पर्यो रुझाउने....  
ए झरी नझरीदेउ यसरी....
साउने झरीमा यो गाउँको गोरेटो....
यो पानी कस्तो बेईमानी अगंअगं छुन्छ मेरो लाजै नमानी...
झरनाको चिसो पानी...
पानी मिठो मेरो हजुर इलाम बजारको...
मैले छोएको पानी चल्दैन...
तिर्खा लाग्यो पानी खाए...
तालको पानी माछीले खानी...
हिउँ खोलाको पानी छुनै नहुने...
खोलाको त्यो सङ्घलो पानी, कता हिड्यौ कहाँ जानी...
सललल पानी घट्टामा...
सललल खोलिको पानीले...
आमैले भन्थे धाराको पानी...
पानी मुनी ढुङ्गामा लेउ लाग्यो...
फुलको थुङ्गा बगेर गयो गगांको पानीमा...
सिम सिम पानी रहिछौ बेईमानी...
जिन्दगी बगेको पानी हो, फेरि फर्कि आउदैन लै बरी लै...
कहिले आगो, कहिले पानी...
साह्रै मिठो रै छ कुवाको पानी...
रानी खोलाको पानी...
पुरानो डुङ्गा पानीको छाल पार गरु कसरी...
मै छोरी सुन्दरी कसरी भरौ पानी...
बिना बादल असिना पानी...
पानी घट्टा घुमे झै फनन,फनन...
पानी खाने निउले तिम्रो घरमा आउला...
न खानु पानी तुम्बाको...
माछा पानीमा पौडी यसरी...
कहिले घाम, कहिले पानी...
पानी घट्टा घुमेझै फनन, फनन...
सङ्गलो सङ्गलो पानी माथि सुकिले छ छायाँ...
माछी मार्न जाउ न राजै कालापानीमा...
कर्कलाको पानी ढलपल जिन्दगानी...
वर्षा तिमि झम झम गरी वर्षिदेउ न...
मान्छेको माया यहाँ खोलाको पानी जस्तै...
गहिरो गहिरो सागर जस्तै...
यसरी सजिलै ३७ वटा गीतको लिस्ट तयार भएपछि मलाई लाग्यो “पानी बिनाको माछा” मात्र होइन “पानी बिनको गीत” भन्ने उखान पनि बनाउन सकिन्छ । खैर जे होस्, पानी यस्तो चिज हो जस बिना हामी कुनै कुराको कल्पना गर्न सक्दैनौ, पानी छ र त हाम्रो अर्थ छ (“हामी छौ र त पानीको अर्थ छ” पो पनि हुन सक्छ । 
अन्त्यमा, यसपालीको “विश्व पानी दिबस” को अबसरमा सम्पुर्ण पानी प्रेमिहरुलाई शुभकामना व्यक्त गर्न गर्दै रविन सायमिको यो रमाईलो तर सिरियस कार्टुनको साथमा बिदा चाहान्छु धन्यवाद ।

Thursday, November 10, 2011

भन्न नपाएको धन्यवाद...!


कसैले केहि कुरा भन्ने बित्तिकै मुसुक्क हाँसेर धन्यवाद भन्नु म आफुलाई नै यो मेरो विशेषता हो कि जस्तो लाग्ने गर्दछ । चाहे कसैले सल्लाह दियोस् या त कुनै गल्ति नै औल्याईदियोस् म उसलाई धन्यवाद भन्न सकेसम्म पछि पर्ने गर्दिन (चाहे भित्रै देखि खुसी भएर होस् या त देखावटी नै सहि) । यति हुँदाहुदै पनि साच्चैै भित्रि मनदेखि नै धन्यवाद दिन मन लागेको व्यक्तिलाई धन्यवाद भन्न नपाउँदाको पीडा भोग्ने व्यक्तिहरु सायदै होलान् तर म भने बिगत केहि दिनदेखि यो पीडा भोग्दै आएकी छु...बिर्सन्छु भन्छु तर कता कता मनमा एउटा नमिठो स्वाद बनेर बसेको छ जुन बेला बेलामा  सम्झनाको डकार बनेर आईदिन्छ अनि वातावरण नै नमिठो बनाईदिन्छ 

झाडापखला जस्तो सामान्य रोगको प्रकोपबाट भईरहेको सयौको अकालको मृत्यु संगै त्यसको विरुद्धमा केहि गर्न भनि जोशजागरका साथ युवाहरु एकजुट भएका त्यो छोटो समयमा भएको भेटघाट र चिनापरिचयबाट अगाडी बडेको मित्रता । एउटा राम्रो उदेश्य र सामाजिक दायित्वको बिउ बोकेर छहारी दिने रुखको कल्पनामा बेलुकी ५ बजे पछि घण्टाघर पछाडीको चिया पसलमा बसेर ७ रुपैयाको चिया संगै गरिएका ७ करोडभन्दा पनि अमुल्य ती मेरा सिकाईहरु जसको धन्यवादका मुख्य पात्रहरु मध्येको एउटा पात्र.....नेतृत्व लिन र गरेको कामलाई लिखित रुपमा उर्तानको निम्ति दिईएको त्यो सुझाब तत्काल सुन्दा चित्त दुखेता पनि त्यसले मलाई आफ्नो व्यत्तित्व बिकासमा धेरै सहयोग गरेको छ । अमेरिका पुग्ने बित्तिकैको त्यो ईमेल जसमा मलाई “अलिक बोल्नु पर्यो” भनेर दिईएको सुझाब, हातमा गन्न सकिने गरी मात्र भएपनि हुने गरेका फेसबुकका च्याटहरु जसमा कहिले राजनितिक कराुहरु, कहिले उपयोग्ी त कहिले हावा कुराहरुमा हुने ती छलफल । फेसबुकको वालमा लेखिएका स्टाटस देखि ब्लगमा लेखिने कुराहरुको बारेमा टिकाटिप्पणी जुन सुन्दा रुखो लागेपनि वास्तबमानै उपयोगी थिए मेरा लागी । यी सबै कुराहरुको लागी पत्यक्ष रुपमा भेटेर नै भित्रै देखि खुसि व्यक्त गदै “धेरै धेरै धन्यवाद !”  भन्छु भन्ने सोचाईका साथ गरिएको प्रतिक्षा....।

यहि नोभेम्वर १ तारिकको मध्यान्न तिर सुन्नमा आएको एउटा अनौठो खबर जसलाई सुन्ने बित्तिकै आफुलाई अन्धकारमा रुमारलएको जस्तो अनुभव नगर्ने विरलै थिए होलान् । यो खबरले मेरो मनमा साचिएको त्यो श्रद्धापुर्ण धन्यवादलाई श्रद्धान्जलिमा परिवर्तन गर्नुपर्दाको क्षण...........। मेरो यो तितो भोगाई पश्चात म सबैलाई आग्रह गर्न चाहान्छु कि ‘धन्यवाद’ शब्द देख्दा मात्र एउटा शब्द हो तर यसमा अपार शक्ति छ भन्ने कुरा कहिल्यै नभुल्नु र राम्रो कुरालाई भन्न अनि गर्न कहिल्यै भोलि नभन्नु ।

अन्त्यमा, व्यक्तिसंग जोडिएको एउटा समुह जसमा अन्य धेरै सदस्यहरु (थिए र छन)् सम्पुर्णलाई जसले आजको मेरो यो पहिचान बनाउनमा भुमिका खेल्नुभएकोछ उहाँहरुलाई म भित्रैदेखि हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु र त्यो व्यक्ति जसलाई मैले साचेर राखेको यो धन्यवादको शब्दलाई यहि कम्युटरका किहरु र माइक्रोसफ्ट वर्डको सहायताले तिमि सामु व्यक्त गर्छु साथै आत्माको चिर शान्तिको लागी सदैव कामना गर्छु । हामी संग नभएपनि सधै हाम्रो माझमा रहनेछौ ।


Wednesday, November 9, 2011

हाम्रो स्वास्थ्य हाम्रै हातमा !

विश्व अहिले २१ औ शताब्दिमा दौडिरहेको कुरा हामी सबैलाई अबगतै छ र यसले मानिसको जीवनमा ठुलो परिर्वतन ल्याएको कुरा नकार्न सकिन्न । यसरी मान्छेहरु चन्द«मा मा पुगिसकेको युगमा आएर हात धुनु पर्छ भनेर सिकाउनको लागी हात धुने दिवस मनाउनु भनेको धेरैलाई व्यर्थ जस्तो लाग्न सक्छ । “आफ्नो हात धुन पनि अरुले सिकाउनु पर्छ” भनेर भन्नेहरु हाम्रो नेपाली समाजमा धेरै भेटिन्छन् र यसो भन्नु ठिकै पनि हो किनकि हाम्रो कुनै पनि धर्म शास्त्र यस्तो नहोला जहाँ हरेक कर्म गर्नु अघि हात धुने कुरा र व्यक्तिगत सरसफाईका कुरा उल्लेख नगरिएको होस् तर त्यसमा हात धुनुको महत्वलाई चोखो हुने र हात धुने हैन कि मात्र हात भिजाउने  संग जोडियो 

वास्तबिकता हेर्ने हो भने हात धुनु पर्छ भन्ने कुरा हामी सबैलाई थाहा छ र व्यवहारमा लागु गरेका पनि छौ तर हामी प्रायले हात धुने हैन भिजाउने काम गरिरहेका छौ । हात पानीेले मात्र धुनु अर्थात हात भिजाएर मात्र केहि फाईदा छैन तर यदि हामीले राम्रो संग साबन पानीले मिचिमिचि हात मात्र धुने हो भनेपनि ४५ प्रतिशत झाडापखला जन्य रोगबाट बच्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ । यति मात्र हैन साबुन पानीले राम्रो संग हात धोएमा श्वासप्रश्वास लगाएतका बिभिन्न रोगबाट समेत बच्न सकिन्छ । यो अत्यन्त प्रभावकारी, सजिलो तथा धोरै लागतमा स्वस्थ हुन सकिने एउटा राम्रो उपया हो । बालबालिका, युवायुवति, वयश्क तथा बुढाबुढी सबैले साबुन पानीले नै अनिवार्य रुपमा हात धुने सम्बन्धमा सबैको व्यबहारमा सकारात्मक परिवर्तन ल्याउनु आजको टड्कारो आवश्यकता रहेको छ । विभिन्न तथ्याङ्कलाई हेर्दा साबुन पानीले हात धुने कुरा बाल तथा शिशु मृत्युदर, नवजात शिशु मृत्युदर, झाडापखलाको बिरामी मृत्युदर तथा श्वाशप्रश्वास सम्बन्धि बिरामी मृत्युदर घटाउनका लागी एउटा अत्यन्त प्रभावकारी उपया रहेको पाईन्छ ।


खाना खानु भन्दा अघि, चर्पि गएर आएपछि, खाना बनाउनु भन्दा अघि, बच्चालाई खुवाउनु भन्दा अघि, फोहोर कुरा छोएपछि, बच्चाको दिसा सफा गरेपछि साबुन पानीले मिचिमिचि कम्तिमा पनि २० सेकेण्ड सम्म हात धुनैपर्ने हुन्छ । हात भन्ने कुरा एकदिन मात्र धोएर स्वस्थ भईने हैन त्यसैले “मात्र हैन एकदिन, हात धोऔ दिनैदिन” भन्ने नारालाई मनन् गर्दै प्रत्येक दिन साबुन पानीले हात धुने गरेमा हामीले स्वस्थ जीवन जीउन सक्छौ । 
यीनै कुरालाईलाई सम्पूर्ण जनता सामु पुर्याई व्यबहार परिवर्तन गर्ने र बिभिन्न किसिमका सरसफाईको कमिले गर्दा लाग्ने रोगहरुबाट हुने मृत्युदरलाई कम गर्नको लागी विभिन्न किसिमका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संग संस्था, नेपाल सरकार लगाएतले विभिन्न किसिमका कार्यक्रमहरु गरेर २०६८ सालको धुने दिबसलाई भब्यताका साथ मनाएका छन् जुन एमदमै राम्रो कुरा हो र यसलाई हामी सबैले आफ्नो व्यवहारमा लागु गर्नु पर्छ र मात्र अक्टुवर १५ लाई मात्र नभई हरेक दिनलाई नै हात धुने  दिबसको रुपमा लिनु आवश्यक छ किनकी हाम्रो  स्वास्थ्य भनेको हाम्रै हातमा हुन्छ र सफा हातले जीवन बचाउँछ ।
(published on 17th October 2011 Daraudi Dainiki )

“महामारी मुक्त नेपाल” का लागी युवाहरुको ऐक्यवद्धता !


प्राय युवाहरुको भिडभाड र लामो ताँती देख्ने वित्तिकै हामी सोच्ने गर्छौ कि कुनै आन्दोलन, चक्काजाम, विरोध  र्याली इत्यादी होला तर यदि यहि २०६८।०४।२७ गतेका दिन टेकुको स्वास्थ्य सेवा विभाग अगाडी तपाईले युवाहरुको ताँती देख्नुभएको थियो र त्यसलाई कुनै आन्दोलन होला भनेर वास्था नगरी हिड्नुभएको थियो भने तपाईले युवाहरुको एउटा राम्रो सुरुवातलाई नियाल्ने मौका गुमाउनु भएको छ । त्यस दिनको युवाहरुको कदमले नेपालका युवाहरु पनि आफ्नो देश र मातृभुमिको निम्ति लागीपरिरहेको कुरा स्पष्ट हुन्छ  

खानेपानी र सरसफाईको नाजुक स्थितले गर्दा हाम्रो देशमा आजसम्म पनि वर्षेनि १०,५०० बालबालिकाहरुले अकालमा ज्यान गुमाईरहेका छन् भने विभिन्न किसिमका पानी र सरसफाई जन्य रोगहरुको महामारीले पनि सयौँ मानिसहरुले ज्यान गुमाई रहेका छन्, जुन कुरालाई २०६६ सालको सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा फैलिएको झाडापखला महामारीले पनि पुष्टि गर्दछ । यिनै कुराहरुमा केन्दि«त रहेर “नेपालमा फेरी अर्को महामारी नदोहोरीयोस्” भन्ने मुख्य नाराका साथ “महामारी मुक्त नेपाल” का लागी विभिन्न क्षेत्रसंग सम्बन्धित ३०० भन्दा बढी युवाहरुको जमातले नेपाल सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा जम्मा भई सरकारले अहिले सम्म खानेपानी, सरसफाई र महामारीको क्षेत्रमा गर्दैआएको काम एकदमै राम्रो रहेको र यसलाई अझ राम्रो र प्रभाबकारी बनाउन आफुहरु सधै तत्पर रहेको भन्दै ऐक्यवद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा सम्पुर्ण युवाहरुको तर्फवाट ऐक्यवद्धता पत्र सहित हस्ताक्षर गरिएको कपडा “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्याय लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको समापन पुर्व कार्यक्रमा उपस्थित अतिथिहरु अनिल चित्रकार (सामाजिक उद्यमी), आशुतोष तिवारी (राष्ट्रिय संयोजक वाटर एड नेपाल), राजेश अधिकारी (प्रोमोसनल मेनेजर, एन्फो), रमन नेपाली (सामाजिक कार्यमा क्रियाशिल युवा) आदीले आफ्नो मन्तव्य राख्नु भएको थियो । “युवाहरु राष्ट्रका कर्णधार हुन्, हजारौ युवाहरु विदेशिदै गरेको समयमा यसरी युवाहरु “महामारी मुक्त नेपाल” को लागी एकजुट हुनु राम्रो सुरुवात हो र यसललाई निरन्तरता दिनु पर्छ” भन्दै सामाजिक उद्यमी अनिल चित्रकारले युवाहरुलाई हौसला दिनुभएको थियो ।
 अन्त्यमा “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्यायले ऐक्यवद्धता पत्र ग्रहण गर्दै “युवाहरुको यो सहयोगलाई आत्मासाथ गर्दै आउदा दिनहरुमा “महामारी मुक्त नेपाल” का लागी युवाहरुसंग संगै हातेमालो गर्ने र सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ” भन्दै कार्यक्रमको समापन गरिएको थियो । उक्त कार्यक्रमलाई “पश्चिम पाईला” नामक युवा संजालले सहजिकरण गरेको थियो ।