Saturday, June 14, 2014

महामारीमय विश्वकप

गएको केहि दिन यता विश्वभर एक किसिमको संक्रामक रोगको महामारी छाएको छ । उक्त रोगले केटाकेटी, युवायुवती, बुढाबुढी केहि भनेको छैन । गरिब होस् या धनि, गाउँ होस् या सहर, फुटपाथ देखि मलसम्म, अफिस देखि घर सम्म यहि रोग फैलिएको छ । केहि सामाजिक संजालहरुमा मानिसहरुले यसलाई एक किसिमको खतरनाक ज्वरोको नाम दिएका छन् । हो यसलाई “वल्र्डकप फिवर” अर्थात “विश्वकप ज्वरो” को संज्ञा दिइएको छ । यहि जेठ २९ गतेबाट विश्वभर महामारीको रुप लिएको उक्त ज्वरोको स्रोत ब्राजिलमा भेटिएको छ रे । विज्ञहरुको सुचना अनुसार अहिले ब्राजिल, अर्जेन्टिना, स्पेन, नेदरल्याण्ड, ईटाली, जापन लगायत अन्य ३२ देशका मानिसहरु यो रोगले सिकिस्त भई ब्राजिलको "Sao Paulo" मा रहेको "Itaquerao" नामक स्टेडियममा भर्ना भएका छन् भने नेपाल, भारत लगायत अन्य देशका व्यक्तिहरु आ–आफ्नै घरमा आराम गर्दै ब्राजिलमा भर्ना भएका रोगीहरुको समर्थन गरिरहेका छन् ।


उता विश्वभर “विश्वकप” नामक ज्वरोको संक्रमण उच्च हुँदै गइरहेको अवस्था छ भने यता हाम्रो देश नेपाल, हो हाम्रै देश नेपालमा जण्डिस, हैजा र झाडापखला जस्ता सामान्य रुपमानै रोकथाम गर्न सकिने रोगले महामारीको अवस्था लिइरहेको छ । विराटनगरको जण्डिस होस् या चन्द«निगाहपुरको हैजा÷झाडापखाला या त मकवानपुर, बाजुरा,  लगायतका जिल्लाहरुमा देखिएका पानी जन्य रोगहरुको संक्रमण । विराटनगरको जण्डिसले १२ जना मरे, भने चन्द«निगाहपुरको हैजाले २ जना साथै सयौ, हजारौ बिरामीहरु । यहाँ फैलिएको माहामारीको स्रोत दूषित पानी नै हो भन्ने सबैले थाहा पाईसकेको अवस्था छ । दिनानु दिन बिरामीहरु बढ्दै छन् रे । चन्द«निगाहपुरका बिरामीहरु स्वाथ्य चौकीमा बेड नपाएर विद्यालयको बेन्चमा उपचार गराउँदै छन् रे । यहाँ यी महामारी पीडीतलाई कसले कसरी समर्थन जनाएको छ केहि थाहा छैन । 

“विश्वकप” नामक ज्वरो महामारीको इतिहास हेर्ने हो भने यो हरेक ४÷४ वर्षमा दोहोरीएको पाइन्छ तर यता नेपालको माहामारीलाई हेर्ने हो भने हरेक वर्ष भईरहेको पाइन्छ । के हरेक वर्ष हुने भएकाले नै यसलाई सरोकारवालाहरुले महत्व नदिएका हुन् त ? “विश्वकप” को ज्वरोले ब्राजिलियन र यसका समर्थकहरु जति पहेँलै भएका छन् त्यति नै पहेँलो भएका छन् यहाँ फैलिएको जण्डिसले बिराटनगर बासीहरु । उनीहरुलाई तेत्रो सर्मथन, यीनीहरुलाई खै ? उक्त “विश्वकप ज्वरो” को माहामारी ४ वर्षमा एक पटक आउँछ अनि लगभग १ महिना जति सिकिस्त बनाएर हराएर जान्छ, मान्छेले चाहाँदा चाहाँदै पनि बस्दैन तर हाम्रो देशको महामारी नचाहाँदा नचाहाँदै पनि हरेक वर्ष आउँछ र जाने नामै लिदैन नत सबैले यसलाई सधैको लागी हराउन मिलेर कुनै ठोस पहलनै गरेका छन् । 

विश्वकपलाई सार्थक बनाउन यहाँ धेरै नेपालीले पनि जर्सि किन्नमा पैसा र खेल हेर्नमा निन्द«ाको आहुति दिएका छन्, तर नेपालमा फैलिएको पानीजन्य रोगहरुले नेपालीको स्वास्थ्यमा जुन असर पुर्याएको छ त्यसमा नेपाली भएको नाताले म मेरो व्यक्तिगत तहबाट के गर्न सक्छु भनेर सोच्नेको अभाव भएको छ । यो उसको सरोकारको कुरा हो भन्दै एक अर्कालाई औला देखाउँने काम धेरै भएको छ । त्यसैले यो विश्वकपबाट एकताको कुरा सिकी खानेपानी, सरसफाइ र स्वच्छतामा सबै एकजुट भई लागौं र पानी÷सरफाइजन्य रोगहरुको महामारीबाट बचौं र बचाउँ । 
                                                   
 खानेपानी र सरसफाइ सबैको सरोकार !

धन्यवाद !

Also Published in: Bichar Dabali with few elaboration in conclusion part....

No comments:

Post a Comment