Monday, May 2, 2011

आमा...!!! तिम्रो लागी...

दिन मन त थियो आमा, तिमिलाई धेरै कुराहरु, 
तर......

मैले आफुलाई रित्तो पाए, किनकि...
तिम्रो स्नेह, माया ममता र म प्रतिको विश्वासको अगाडी,
ति सबै कुराहरु अपुरो र अधुरो लाग्यो ।
त्यो त मात्र, मध्यदिनको चर्को सुर्यको अगाडी,
बस, एउटा सानो सलाईको काँटी कोरेजस्तो ।

अनि,....

धेरैबेरसम्म विचार गरे, मौन रहे र आँखा चिम्लिएर सोचे,
यो मेरो जिन्दगी नै सुम्पिए पनि,
तिम्रो दुधको भारा तिर्न सक्दिन रहेछु ।
त्यसैले........आमा...!!!
तिम्रो त्यो स्नेह, माया ममता,
न्यानो साथ र म प्रतिको विश्वासको लागी
तिम्री यो छोरीको तर्फबाट
न्याने माया अनि लाखौ लाख धन्यवाद !!!

Love You mom!!! HaPpy MoThErS dAy!!!

No comments:

Post a Comment